x324495f1914bc35686c087340db7779f_L.jpg.pagespeed.ic.zDEafxyublगुवाहटी- १२ औं दक्षिण एसियाली खेलकुदमा पौडीमा गौरिका सिंहले लगातार दोस्रो कांस्य पदक जितेकी छन्। डा. जाकिर हुसेन एक्वाटिक कम्प्लेक्सको पौडी पोखरीमा सोमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोक दुरी १ मिनेट ०७. ३१ सेकेन्डमा पार गर्दै कांस्य जितिन्। पदक जित्दा उनले राष्ट्रिय कीर्तिमान पनि तोडेकी छन्। उनकै नाममा १ मिनेट ०८.१२ सेकेन्डको कीर्तिमान थियो। १३ वर्षे किशोरी पौडीवाजले अघिल्लो दिन २०० मिटर ब्याकस्ट्रोकमा पनि कांस्य जितेकी थिइन्, जुन पदक साग खेलकुदमा नेपाली पौडीले जितेको पहिलो व्यक्तिगत पदक थियो।

तपाईको प्रतिक्रिया