काठमाडौं–करिब चार महिनादेखि मधेसी मोर्चाको आन्दोलनपछि बन्द रहेको वीरगञ्ज नाका खुलेसँगै रक्सौलबाट इन्धन आपूर्ती हुने संकेत देखिएको छ। मुलुकमा करिब ७० प्रतिशत पेट्रोलीयम पदार्थ र ग्यास आयात हुने रक्सौल नाका बन्द हुँदा नेपालमा इन्धन संकट सृजना भएर जनजीवन कष्टकर भएको थियो। शुक्रबार वीरगञ्ज नाका खुलेपछि सोमबारबाट इन्डियन आयल कर्पोरेशन (आइओसी)ले ग्यास, पेट्रोल, डिजेल र हवाई इन्धन लोड दिने संकेत दिएको छ। आइओसीको रक्सौल डिपोलाई नेपाली टंयाकर र बुलेटमा लोड दिन निर्देशन दिएर बोद्यार्थ नेपाल आयल निगममा पठाएको छ। आइओसी मुम्बइले रक्सौलमा लोड दिन निर्देशन दिएको पत्रको सिसी निगमलाईपनि प्राप्त भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरले बताए। ‘वीरगञ्ज नाका बन्द भएको अवस्थामा रक्सौलबाट रि—रुट गरेर गाडी ल्याएका थियौं,’ प्रवक्ता घिमिरले भने, ‘निगमका कर्मचारी पनि रक्सौल पठाएका छौं। कागजी प्रक्रिया पूरा हुँदैछ।’ घिमिरले सोबार नै केही टंयाकरमा पेट्रोलीयम पदार्थ लोड हुने बताए। करिब तीन दर्जन गाडी रक्सौल पुगेको उनले बताए ।

तपाईको प्रतिक्रिया