xd293db400b12d1ba6e94efe7a050a29d_L.jpg.pagespeed.ic.RmxngjREfXरौतहट–वीरगन्ज नाका सहज भएसँगै भन्सार कार्यालयमा राजश्व संकलन बढ्न थालेको छ। भन्सार प्रवक्ता शुशिल कुमार शर्माकाअनुसार शनिबारदेखि विनाअवरोध राजश्व संकलनको काम सुचारु भएको छ। अवरोध हटेको दुईदिनमै पौने पाँच करोड रुपैया बराबरको राजश्व संकलन भएको भन्सार कार्यालयका प्रवक्ता शर्माले बताए। शुक्रबार ८५ लाख र शनिबार तीन करोड ८५ लाख रुपैया राजश्व संकलन भएको उनले बताए।अवरोध हट्नेबित्तिकै मितेरी पुलहुँदै पहिलोपटक चारवटा ग्याँस बुलेट, १२ हजार लिटर डिजेल बोकेको ट्यांकर र दुईसय भन्दाबढी उद्योगको कच्चा पदार्थ लगायत अन्य सामान बोकेका चारसयबढी गाडी भित्रिएको शर्माले बताए।नाका सहज हुनेबितिकै नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जबाट शनिबारनै इन्धन लिनकोलागि वीरगन्जबाट ११ वटा खाली टयाङकर रक्सौलस्थित भारतीय आयल कर्पोरेसन डिपोमा गएका छन्। भारतमा आइतबार सार्वजनिक बिदा भएकोले सोमबारदेखिमात्र नेपाली ट्यांकरमा इन्धन आपूर्ति सहज हुने बताइएको छ।शुक्रबारदेखि नाका सुचारु भएपछि भारतबाट मालबाहक सवारी सधानहरु सहज रुपमा ओहोरदोहोर भइरहेका छन्। नाका बन्द हुनु अघि ५ महिना पहिलेकैजस्तो सहज वातावरणमा भन्सार कार्यालयको कामकाज सुचारु भएको वीरगंज भन्सार कार्यालयका प्रमुख मित्रलाल श्रेष्ठल बताए।

तपाईको प्रतिक्रिया