ताइवान भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

tiwan-bhukampa1२५ माघ काठमाडौं । ताइवानमा शनिबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । ताइनान शहरमा १७ तले घर भत्कदा त्यस भित्र अझै १ सय भन्दा धेरै मानिस फसेको आशंका गरिएको छ । उनीहरुलाई निकाल्ने प्रयास जारी रहेको छ । ताइवानमा शनिबार ६.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो । बीबीसीका अनुसार मलबे भवनमा फसेका परिबारहरुले सरकार बिरुद्ध आक्रोश पोखेका छन् । भवन भत्किएसँगै उक्त भवन निर्माणका समयमा गैरकानुनी रुपमा संझौता गरिएको तथ्यहरुसमेत सार्वजनिक हुन थालेका छन् । जसको जाँच सुरु गरिएको छ ।

Facebook Comments

0 thoughts on “ताइवान भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

  1. I simply want to tell you that I am just new to blogging and site-building and honestly savored your blog site. More than likely I’m going to bookmark your blog . You definitely come with tremendous writings. Regards for sharing with us your website page.

Leave a Reply

Your email address will not be published.