south-rocket२४ माघ, काठमाडौं । उत्तर कोरियाले लामो दुरीको रकेट परीक्षण गरेको छ । यो प्रतिवन्धित मिसाइल प्रविधिको उल्लंघन भएको उसका आलोचकहरुले बताएका छन् । उत्तर पश्चिमी बेसबाट रकेट लन्च गरेको दक्षिण कोरियाले दाबी गरेको छ भने जापानले रकेट दक्षिणी ओकिनावा द्वीपको माथिबाट गएको बताएको छ । विश्लेषकहरुका अनुसार प्योङयाङले यस्तो परमाणु हतियारको विकास गरिरहेको छ, जसको पहुँच अमेरिकासम्म होस् । जापानका प्रधानमन्त्री शिन्जो अबेले यो संयुक्त राष्ट्रसंघको प्रस्तावको उल्लंघन भएको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया