20160513_154457
मोहन बस्याल, १ जेठ, युएई ।
नेपाली समाज युएई र नेपाल पत्रकार महासंघ बीच नेपाली समाजको हितकालागि गरिने कार्यक्रममा सहकार्य हुनेभएकोछ ।नेपाली समाज र नेपाल पत्रकार महासंघ युएईका प्रतिनिधिबीच शुक्रबार बरदुबईमा भएको छलफलले दुबै संस्थाका उद्धेश्यसंग मेलखाने कार्यक्रममा सहकार्यगर्ने निष्कर्ष निकालेकोहो।
छलफलमा नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, महासचिव मणि भुर्तेल तथा नेपाल पत्रकार महासंघ युएईका कार्यबाहक अध्यक्ष मेघराज सापकोटा, सल्लाहकार निमेष गिरी, केन्द्रिय प्रतिनिधि भुपराज बस्याल , सह सचिव हरि नेपाली, कार्यसमिति सदस्य निमकान्त पाण्डे लगायतका पत्रकारको सहभागिता थियो।
छलफलमा नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले सबै नेपाली संघसंस्थाहरुको समान उद्धेश्य नेपालीको हितभएपनि एकताबद्ध हुन नसकेकाले एकताबद्ध बनाउन पत्रकार महासंघले भुमिकाखेल्नुपर्ने बताउनुभयो।समाजका महासचिव मणिभुर्तेलले नेपाली समाजले युएईमा क्रियाशिल संघसंस्थाको सहभागितामा कल्याणकोष बनाउन लागिएको जानकारीदिदै त्यसकालागि पनि पत्रकार महासंघको भुमिका महत्वपुर्ण हुने बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि भुपराज बस्यालले नेपाली समाजले गरेको कार्यमा विगतदेखिनै पत्रकारहरुको सहयोग रहदै आएको स्मरण गराउदै छलफलले अझ बलियो सम्बन्ध हुने बताउनुभयो।
कार्यबहाक अध्यक्ष मेघराज सापकोटाले कोष निर्माण तथा संचालनका लागि पारदर्शी कार्यविधि र स्थानी यकानुनी जटिलतालाई ध्यान दिनुपर्ने बताउनु भयो।सल्लाहकार निमेष गिरीले यस अघि पनि कोष निर्माण गरिएपनि हाल नभएकाले विगतको कुरालाई ध्यान दिएर अगाडी बढ्नुपर्ने तर्क गर्नुभयो। युएईमा नेपाली समाज २६ बर्ष देखि क्रियाशिल संगठन हो भने नेपाल पत्रकार महासंघ युएई आठ बर्ष देखि क्रियाशिल छ।
बार्षिकोत्सब मा बिशेष कार्यक्रमको तयारी।
नेपाली समाज युएईले संस्था स्थापनाको २६ औ बार्षिकोत्सबको तयारी शुरु गरेको छ।जुलाई १५ मा भब्यकार्यक्रम गर्ने गरि सरोकारवाला संघसंस्थाहरु संघको छलफल र अन्र्तकृया शुरु गरिएको महा सचिव मणिभुर्तेलले जानकारी दिनुभयो।बार्षिकउत्सबका अवसरमा सांस्कृतिक कार्यक्रम गर्न नेपाली कलाकार समुह युएई र अन्र्तराष्ट्रीय नेपाली कलाकार समाज युएई संघ छलफल भैसकेको उहाँले जानकारी दिनुभयो।बार्षिकोत्सको अवसरमा आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको रकमबाट कल्याणकोषको शुरुवात गरिने उहाँले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया