विधार्थीहरुद्धारा विधालयमा डेढ लाख वरावरको अक्षकोष स्थापना ।।

13434081_1017726898280526_195064179_n

शिवलाल भुसाल कावासोती ,
नवलपरासी हाल UAE
गरिव तथा जेहेन्दार विधार्थीहरुको सहयोगका लागि जनता उच्चमावि विष्णुनगर का भुतपुर्व विधार्थीहरुले डेढ लाख वरावरको अक्षकोष स्थपना गरेका छन् । आफुले अध्यन गरेको विधालयको गुणस्तरीय शिक्षाका लागि जनता उच्च मावि कावासोती नगरपालिका ६ विष्णुनगर वाट २०६२ सालमा एसएलसी परिक्षा दिएका विधार्थीहरुले १ लाख ५० हजार वरावरको अक्षकोषको स्थापना गरेका हुन् । विधालयमा अध्यन गर्ने गरिव , जेहेन्दार , अपाङग तथा अशक्त विधार्थीलाइ छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यले भुतपुर्व विधार्थीहरुको पहलमा अक्षकोष स्थापना गरिएको पुर्व विधार्थी किरण भुर्तेलले जानकारी दिनु भयो । स्वर्गिय गोपाल भुषाल एवं सम्पुर्ण स्वर्गवासि भुपु विधार्थीको स्मृती अक्षकोष नामाकरण गरिएको उक्त अक्षकोषमा भुतपुर्व विधार्थीले संकलन गरेको नगद एक लाख र स्व. गोपाल भुषालको परिवार को नगद ५० हजार गरि कोष स्थापना गरिएको हो । भुतपुर्व विधार्थीहरुको प्रयास वाट नै विधालयमा आगामि दिनमा विभिन्न किसिमका शैक्षिक कृयाकलापहरु सञ्चालन गरिने उमेष डुम्रे ले जानकारी दिनु भयो । अध्यन तथा रोजगारीका लागि विभन्न क्षेत्रमा रहेका विधार्थीहरुले विधालयको शैक्षिक प्रगतिका लागि आगागि दिनमा थप नयां कार्यक्रमहरु समेत सञ्चालन गर्ने जनाएका छन् । यसैविच सोमवार विधालयमा एक कार्यक्रमका विच अक्षकोष घोषणा गरिएको छ । घोषणा कार्यक्रममा विधालय व्यवस्थापन समितीका अध्यक्ष छविलाल सापकोटा , विधालयका प्रधानाध्यापक घनश्याम भुषाल , भुतपुर्व विधार्थीहरु लगाएतकाको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *