13625106_1371205506227943_1446472731_n
ध्रुवराज लामीछाने,
असार २७, चितवन
नेपाली मोटरसाइकल बजारमा नयाँ स्टाइलिस मोडल प्रवेश गरेको छ । भारतीय चर्चित बाइक निर्माता बजाजले ‘भि १५’ नेपाल भित्राएको हो ।
बजाजको बिक्रेता आशिर्बाद अटोमोबाइल्स खैरहनीले एक समारोहबीच ‘भि १५’ बाइक सार्वजनिक गर्यो ।
यो बाइकमा हाई टेक डिटीएस–आई १५० सीसीको इञ्जिन जडित छ । नेपाली बजारमा यसको मूल्य २ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
सुलभ मूल्यको उत्कृष्ट बाइक भएको हुँदा नेपालमा लोकप्रिय हुने कम्पनीको विश्वास छ । नेपालका सडकहरुको अध्ययन गरेर ‘भि १५’ बाइक बजारमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक सुरेश कुमार चौधरीले बताए ।
नेपालको कच्ची सडक, पिच रोडमा भएका खाल्डाखुल्डी, अव्यवस्थित ट्राफिक जाममा यो बाइक उत्कृष्ट रहेको चौधरीको भनाई छ । एक्स्ट्रा ग्रिपका लागि चौडा टायरहरु, सिंगल र डबल सिटर बनाउने व्यवस्था, उत्कृष्ट व्यालेन्स, पृथक एवं शक्तिशाली धातुको बलियोपन, आकर्षक तथा स्टाइलिस डिजाइन यो बाइकका विशेषताहरु हुन् ।
‘भि १५’ ले ५५०० आरपिएममा १३ एनएमको अधिकतम टर्क उत्पादन गर्छ । यसमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र हाइड्रोलिक रियर सस्पेन्सन रहेको छ । बाइकको अगाडिको चच्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा ड्रम ब्रेक राखिएको छ । दुबै ट्युबलेस टायर हुन् ।
बाइकमा पाँच स्पिड म्यानुअल गियरवक्स र वेट मल्टिप्लेट क्लच जडान गरिएको छ । यसमा १३ लिटरको मेटलबाट बनेको इन्धन ट्यांकी छ । यो बाइकले प्रतिलिटर ५० देखि ५५ किलोमिटरसम्म माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
‘भि १५’ पर्ल ह्वाइट र इबोनी ब्ल्याक गरी दुई कलरमा उपलब्ध छ । १३५ किलो तौल रहेको बाइकको ग्राउन्ड क्लियरेन्स १६५ मिलिमिटर र ह्वीलबेस १३१५ मिलिमिटर रहेको छ ।
नेपालमा बजाज बाइक लोकप्रिय बनेको छ । नेपाली बाइक बजारमा बजाजको हिस्सा ४५ प्रतिशत पुगेको प्रबन्ध निर्देशक चौधरीले दाबी गरे । खासगरी बजाजको बक्सर, पल्सर, एभेञ्जर, सिटी १०० मोडल सर्वा्धिक लोकप्रिय छन् ।
नेपालमा करीव १ लाख ७० हजार टु ह्वीलर्स बिक्री हुन्छन् । जसमध्ये १ लाख ३० हाराहारीमा बाइक र बाँकी स्कुटर रहेका छन् ।
कार्यक्रममा दुई रङका बाइकको सार्वजनिकरण संचारकर्मी तथा पत्रकार महेश पाण्डे तथा दाजुभाइ रिकन्डिसन हाउसका प्रोप्राइटर दिपक खड्काले गरेका थिए । कार्यक्रममा ईच्छा भएकाहरुले सवारी चालक अनुमती पत्र नम्बर दर्ता गराइ टेस्ट राइडको मज्जा पनि उठाएका थिए ।
13664681_1371205566227937_1311382544_n
13606866_1371128999568927_65924692352043777_n13664456_1371205542894606_1943674305_n

तपाईको प्रतिक्रिया