13669080_949356595192377_9202750633125045893_n
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
युएई, दुबई
चर्चित लोकदोहोरी गायिका देविका के सी ले अझैसम्म बिगतमा गएको भूकम्पलाई बिर्सन सकेकी छैनन् । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गरेको अवसरमा धेरै कलाकारहरुले अनेक किसिमका तिज गीतहरु ल्याइरहेको देख्दा दर्शक श्रोताहरु पनी हर्षित हुँदै गीतको मनोरञ्जन सँगै रमाउने गरेका छन् । कसैले बिगतमा घटेको घटनालाई आधार मानेर त्यसैको नामकरण गरेर ल्याएका छन् कसैले आफ्नो घरयासी बिषयलाई समेटेर ल्याउने गरेका छन् कलाकारहरुको चहलपहल नै बेग्लै देखिएको अवस्था छ ।

त्यस्तै गायिका के सी ले पनी भूकम्पलाई सम्झिदै मेरो मुटुमा केन्द्रबिन्दु पारी नामको तिज कोसेली ल्याएकी छन् । उनी अहिले आफ्नाे सांगेतिक प्रस्तुतीका लागि लामाे समय देखि कतारमा छिन यस लगत्तै उनी अन्य देशमा सांगीतिक प्रस्तुतिका लागि जादैछिन । उनी लामाे समयदेखि बाहिर भएपनि आफ्नो जन्मभुमी नेपालमा २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पलाई सम्झिदा अझैसम्म पनी सातो पुत्लो उड्ने बताएकी छन् । सोही भूकम्पको बिषय र बर्ष दिनको तिजमा आँफुलाई घरमा श्रीमानले साडी किन्न नमान्दा उनले भनेकी छन् पैसा साथमा हुन हुन्न जाँड रक्सी खानी मलाई साडी किन्देउ भन्दा तिम्रो सातो जानी, तिम्रो मुटुमा केन्द्र बिन्दु पारी सात रेक्टरको भूइचालो गए जस्तै लाउँनी तिजमा मैले किन्देउ भन्दा महंगा महंगा साडी भन्दै आँफुले राम्रो लगाउन नपाएको गुनासो सहित भूकम्पलाई पनी सम्झिएकी छन् ।

अम्बिका म्युजिक प्रा.लि ले बजार बेवस्थापन गरेको उक्त्त गित मेरो मुटुमा केन्द्रबिन्दु पारीमा गायिका के सी लाई स्वरमा सन्दिप न्यौपानेले साथ दिएका छन् लय तिलक ओलीको रहेको छ भने टुरिष्ट जंग बि.क ले शब्द रचना गरेका छन् । त्यस्तै भिडियो तर्फ निर्देशक शंकर बि.सी को निर्देशनमा बनेको सोही भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् सम्पादन नबिन घर्ती मगरको र अभिनयमा गायक सन्दिप न्यौपाने आँफैले गरेका छन् भने उनको साथमा मोडल रुपा खनालले पनि जोडदार भूमिकामा दुवैले अभिनय गरेका छन् ।

प्राय जस्तो देविका के सी का स्वरले सजिएका गितले बजारमा राम्रै सफलता प्राप्त गरीरहेको हुन्छ । उनको आफ्नो गायनको सुरुवात देखी ऐलेसम्म कम्तिमा पनी तिन सय भन्दा बढी एल्बममा आवाज दिईसकेकी छन् भने करिब एक दर्जन तिजको गितमा पनी स्वर दिईसकेकी छन् । उनले ऐलेको सालमा मात्रै यस गित लगायत पाँच वटा तिजका गितमा आवाज दिएको बताएकी छन् । उनले भनेकी छन् पहिलाका तिज गित जस्तै ऐलेपनी दर्शक श्रोताले मायाँ गरिदिनुहुन्छ भन्नेमा ढुक्क छु ।

तपाईको प्रतिक्रिया