चितवन समाज युएईमा नयाँ नेतृत्व
मोहन बस्याल, युएई
मध्य नेपालको चितवन जिल्लाबाट बैदेशिक रोजगारीको शिलशिलामा युएईमा आएका युवाहरुको संस्था चितवन सेवा समाज युएईको तेस्रो अधिवेशनने गणेश न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।जुलाई २९ शुक्रबारका दिन बरदुबईको सिन्धपञ्जाव रेष्टुरेन्टमा भएको अधिवेशनले दुई बर्ष कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । अन्य पद सर्बसहमतिबाट चयन गरिएपनि अध्यक्षका लागि श्याम पोखरेल र गणेश न्यौपानेबीच प्रतिस्पर्धा भएको थियो । कुल पैतालिस जना सदस्यले गरेको मतदानबाट २४ मत प्राप्त गर्दै न्यौपाने अध्यक्षमा चयन हुनु भएको हो ।
निर्बाचन समितिबाट बिजयी घोषणा भएपछि न्यौपानेले सबै चितवनबासीले गौरव गर्न सक्ने संस्था बनाउन आफु क्रियाशिल रहने बताउनु भयो । युएईमा रहेका अन्य संघ संस्थाहरु संगको सहकार्यलाई पनि आगामी दिनमा अझ प्रभावकारी बनाईने न्यौपानेले प्रतिवद्धता जनाउनु भयो ।
अध्यक्षमा पराजित भएका श्याम पोख्रेलले प्रतिस्पर्धाबाट नेतृत्व चयन भएकाले चितवन समाजको गतिविधि विगत भन्दा तिब्रगतिले अगाडी बढ्नेमा आफु आशाबादी रहेको बताउनु भयो । उहाँले युएईमा रहेका जिल्लागत संस्थामा चितवन समाजलाई नमुना संस्था बनाउन आफु पनि लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा परशुराम घिमिरे , प्रबिन बि क , अस्मिता पाण्डे रहनु भएको छ । यस्तै महासचिवमा जगत क्षेत्री, प्रवक्तामा रमेश क्षितिज, सचिबमा सुबास अधिकारी, कोषाध्यक्षमा दिपक पौडेल, सह कोषाध्यक्षमा सुनिल पौडेल चयन हुनु भएको छ । यस्तै सदस्यमा रामचन्द्र न्यौपाने , बिन्दु गिरी , तुल प्रसाद अधिकारी , बिनय यादब , सुर्यढकाल, राम दर्नाल, केशव अधिकारी, सकिल अलि , रबि जयसवाल र खिमानन्द कडेल चयन हुनु भएको निर्बाचन समितिका निमाकान्त पाण्डेले जानकारी दिनु भयो ।
I simply want to say I am new to blogging and really loved you’re web blog. More than likely I’m planning to bookmark your website . You absolutely come with fantastic well written articles. Bless you for sharing with us your web page.