13548700_1117147681659578_1253670564_o
श्रावण १८, चितवन
एम.एस. मिडिया एण्ड एड्भट्राईजिङ् प्रा. लि. को ब्यानरमा बनेको हास्य टेलिश्रृङ्खला लप्पन छप्पन आज बेलुका ८ बजेबाट चितवनको जनप्रीय टेलिभिजन आभाष टेलिभिजनमा प्रशारण हुनेभएको छ । सञ्चारकर्मी तथा कलाकार रामु आचार्यको कथा तथा निर्देशनमा बनेको हास्य टेलिश्रृङ्खला लप्पन छप्पन पुर्णरुममा सामाजिक बिकृती, बिसङ्गतीमा केन्द्रित रहने निर्माण युनिटले जनाएको छ ।
13669835_2090395011184776_6548033485744920270_n
टेलिश्रृङ्खलाको पाचौं भागसम्म सुटिङ सम्पन्न भईसकेको र लगातार यसको काम अगाडि बढ्ने निर्माता मध्यका एक सञ्चारकर्मी महेश पाण्डेले जानकारी दिए । रत्ननगरका बिभिन्न रमणीय ठांउमा सुटिङ भईरहेको जानकारी दिदै अर्का निर्माता तथा सञ्चारकर्मी ध्रुवराज लामीछानेले स्थानीय श्रोत र शाधनको प्रयोगबाट टेलिफील्म बनाउन गाह्रो भएपनि यसलाई अगाडी बढाउन पाएकोमा खुशी ब्यक्त गरे ।
13686767_2090394757851468_1452074940110768442_n
निदेंशक आचार्यका अनुशार मानिसलाई हसांउने काम निकै गाह्रो भएतापनि आफुले कथा र निर्देशकीय पक्षमा निकै ध्यान दिएको बताउदै टेलिफील्म हेरिन्जेल दर्शक पेट मिचीमिची हास्ने बताए ।
13902555_2090394961184781_2004807147293646850_n
लप्पन छप्पनमा कलाकारको रुपमा रामु आचार्य, ध्रुव बहादुर कार्की, महेश पाण्डे, सुर्य प्रसाद ढुंगाना, शालिकराम पराजुली, टिकाराम लामिछाने, राजन दिल गुरुङ्, हेमराज आचार्य, बिपिन शर्मा आचार्य, ध्रुवराज लामिछाने, सुजता लामिछाने, बेवो आचार्य, रक्षा बस्नेत, ईमान बस्नेत, बिश्णु पौडेल, गोबिन्द अधिकारी, माधव डल्लाकोटी, दामोदर पौडेल, हरी नेपाली लगायतका रहेका छन् । त्यस्तै बेलुकानै टेलिफिल्म टेलिभिजनमा प्रशारण भए पश्चात युट्युबमा पनि सार्वजनिक गरिने भएको छ । लप्पन छप्पन युनिटलाई हाम्रो तर्फबाट पनि सफलताको हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

तपाईको प्रतिक्रिया