लक्की मिडिया हाउसको फुटसल टुर्नामेन्ट

13900600_1160715667333720_1254840470_n
१९ श्रावण, चितवन
मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमहरु भब्य रुपमा मनाईने भएको छ । मिडिया हाउसका अनुसार यही साउन २२ गते शनिबार इन्टर मिडिया फुटसल टुर्नामेन्ट आयोजना हुँदैछ । टुर्नामेन्टमा चितवन र नवलपरासीमा रहेका संचारगृहहरुको उल्लेखनिय सहभागीता रहने कार्यक्रम सयोजक राहुल कुमार सिहले बताउनुभयो । कार्यक्रम सयोजक सिहका अनसार बिभिन्न संचारगृहमा रहेका संचारकर्मी बीचको सम्बन्धलाई हार्दिकताका साथै आत्मियता बढाउनका लागि कार्यक्रमको आयोजना गरिएको हो । टुर्नामेन्टमा चितवन र नवलपरासीमा रहेका १२ वटा संचारगृहको सहभागीता रहने छ भने टुर्नामेन्टको मुख्य प्रायोजनको रुपमा प्रभु हाउजिङ एण्ड प्रोपट्री डिलर्स रहेको छ । मिडिया हाउसले आगामी कार्तिक २३ गते एक भव्य कार्यक्रमकाबीच बार्षिकोत्सव मनाईने प्रबन्ध निर्देशक हरि कार्की “लक्की”ले जानकारी दिनुभयो । बार्षिकोत्सवका अवसरमा बिभिन्न क्षेत्रमा उल्लेखनिय एवंम् विशिष्ट योगदान दिनेहरुलाई मौफसलमै पहिलो पटक सम्मान गरिने प्रबन्ध निर्देशक कार्कीले बताउनुभयो । समारोहमा नायक, नायिका, निर्माता, हल सञ्चालक, व्यवसायी, पत्रकार, चलचित्र बितरक, समाजसेवी, चिकित्सक लगायत बिभिन्न क्षेत्रमा योगदान दिएकाहरुलाई बिशेष सम्मान गरिने कार्यक्रम रहेको छ । छोटो समयमै हरेक क्षेत्रमा लोकप्रिय बन्दै गएको लक्की मिडिया हाउसले चितवनमा बिभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ । मिडिया हाउसले एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम, नेपाली फिल्मको विशेष शो ,स्थानीय देखि राष्ट्रिय स्तरका सबै मिडिया सेवाप्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रको कलाकाहरुको साथमा विशेष शो समेत गर्दै आएको छ ।

Facebook Comments

0 thoughts on “लक्की मिडिया हाउसको फुटसल टुर्नामेन्ट

  1. I just want to tell you that I am all new to blogging and really savored this web-site. Most likely I’m going to bookmark your site . You surely have beneficial articles. Kudos for revealing your web site.

Leave a Reply

Your email address will not be published. Required fields are marked *