लक्ष्मण खनाल, युएई

युएईमा क्रियाशिल नेपाली संघ संस्थाहरुको जेठो संस्था नेपाली समाज युएईको २६ औ बार्षिक उत्सव सम्पन्न भएको छ ।

कार्यक्रमममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि युएईका लागि कार्यवाहक नेपाली राजदुत नेत्र टण्डनले सामाजिक कार्यमा सहयोगको आशा गरेको बताए । उनले कल्याणकारी कोष स्थापना गर्ने कार्य पवित्र भएको भन्दै यसलाई निरन्तर अगाडी बढाउन सके समस्याहरुमा आर्थिक सहयोग गर्न सकिने धारणा राखे ।

nepali samaj hijo

दुतावासका काउन्सेलर भेषबहादुर कार्की, एनआरएनए युएईका केन्द्रिय प्रतिनीधि गोपाल कँडेल, एनआरएनए एनसिसी युएईका अध्यक्ष सुदिप कार्की, जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष हेमन्त पौडेल, विजनेस काउन्सीलका कोषाध्यक्ष एकेन्द्र थापा, जिल्लाहरुको प्रतिनिधित्व गर्दै कृष्ण पौडेल, नेपाल विश्व सहयोग संगठन युएईका अध्यक्ष गोविन्द ढकाल, अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएईका ग्लोबल प्रतिनीधि आशिष पुरुष लगायतले नेपाली समाजलाई शुभकामना र बधाई दिदै सहकार्यको लागि तयार रहेको जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि, सभापति, विशेष अतिथि, अतिथिहरुले संयुक्त रुपमा २६ वटा मैनबत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए । समाजका महासचिव भुर्तेलले समाजको वर्तमान कार्यसमितिले १४ महिनामा गरेका कामको प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमबाट संकलित रकम युएईमा हुने गरेका विविध समस्याहरुको समाधानका लागि कल्याणकारी कोष २०१६ स्थापना गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमहरुमा कोषको लागि सहयोग संकलन पनि भएको छ । युएईमा रहेका व्यवसायी डा. दिनेश आचार्यले कल्याणकारी कोष स्थापना गर्नु पवित्र कार्य भएको भन्दै १० हजार युएई दिहराम सहयोगको घोषण गरे ।

यसैगरि नेपालीको लगानीमा सञ्चालित नमस्ते ट्राभल्सको तर्फबाट सञ्चालक एकेन्द्र थापाले एक हजार दिहराम सहयोगको घोषणा गरे । युएईमा क्रियाशिल नेपाली पत्रकारहरुको तर्फबाट कोषमा एक हजार दिहराम सहयोगको घोषणा नेपाल पत्रकार महासंघ युएईशाखाका कार्यवाहक अध्यक्ष लक्ष्मण खनालले गरे ।

एनआरएनए युएईका केन्द्रिय प्रतिनीधि गोपाल कँडेलले दुई सय दिहराम सहयोगको घोषणा गरे भने नेपाल एअर लाइन्सको तर्फबाट २ वटा टिकट सहयोग घोषणा गरिएको थियो । कार्यक्रममा अन्य संघ संस्थाका प्रतिनीधिहरुले सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए भने कार्यक्रमको लागि विभिन्न व्यवसायी र संस्थाले प्रायोजन गरेका थिए ।

hi

साँस्कृतिक कार्यक्रम अन्र्तगत युएईमा रोजगारीको शिलशिलामा रहेका विभिन्न कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो । कार्यक्रमको शुरुमा मगर संघ युएईको तर्फबाट मौलिकता झल्कने पञ्चे बाजा , मगर झाँकी कौराह प्रस्तुत गरिएको थियो । पञ्चे बाजाले दर्शकको मन जितेको थियो भने प्रवासमा पञ्चे बाजाको मनोरञ्जन लिएर दर्शकहरुले देशको याद मेटाएको प्रतिक्रिया दिएका थिए ।

यसैगरी गायकहरु हरी डुम्रे, सुदिप गैरे र छविकिरण भट्टराईको गितले दर्शकलाई छमछमी नचाएको थियो । अनुराग थपलिया र अनुपमाको अभिनय नृत्यले पनि राम्रै ताली पायो भने रक्तिम साँस्कृतिक अभियान युएइका कलाकारहरु सिता श्रीस र डम्बरको अभिनय र गितले दर्शकलाई भावुक बनायो । राज जिएमको गित र झापाली समाज युएईका कलाकारहरुको प्रस्तुतीले पनि वाही बाही पायो । नृत्यकार दिपक गुरुङको नृत्य पत्रकार निर्भिक नारायणको गजल र शिव सापकोटाको हास्यव्यंग्यले कार्यक्रमलाई रोचक बनाएका थिए । नेवा पुचः को तर्फबाट प्रस्तुत गरिएको लाखे नाचले पनि कार्यक्रममा अर्को मौलिकता थपेको थियो ।

बाल कलाकारहरु दिया कुँवरको एक दुई तीन चार बोलको गितमा नृत्य र गुराँस ढकालको नृत्यले दर्शकको मन जितेको थियो भने उनीहरुको नृत्यबाट प्रभावित भएर कार्यक्रमका अतिथि डा. दिनेश आचार्यले एक÷एक हजार दिरहम बाल कलाकारहरुलाई प्रदान गरेका थिए । साथै कार्यक्रममा शेर्पा किदुग युएईका कलाकारहरुको मौलिक प्रस्तुती रह्यो भने कलाकार चुमन काउछा लगायत अन्य कलाकारहरुको प्रस्तुती रहेको थियो । कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति चन्द्रप्रसाद सापकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका थिए । साथै उनले युएईमा कल्याणकारी कोष स्थापना गरि प्रभावकारी तरिकाले सञ्चान गर्ने अभियानमा नेपाली समाज रहेको जानकारी दिए । उनले नेपाली दुतावास युएई, युएईमा क्रियाशिल सम्पुर्ण नेपाली संघ संस्थाहरुलाई सहयोग र सहकार्यको लागि अनुरोध पनि गरे ।

तपाईको प्रतिक्रिया