रत्ननगरको टांडी देखी निपनी सम्मको राजमार्ग बिस्तार तथा पुनः निर्माण कार्यको समिक्षा बैठक सम्पन्न (भिडीयो तथा फोटो फिचर सहित)

महेश पाण्डे
५ भाद्र, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगर नगरपालीका अन्र्तगत टांडी बजार देखी निपनी सम्मको पुर्व पश्चिम राजमार्ग बिस्तार तथा पुनः निर्माण कार्य को अनुगमन तथा समन्वय समितीको छलफल कार्यक्रम बुधवार बिहान रत्ननगर नगरपालिको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा रत्ननगर नगरपालीकाका प्रमुख एंव कार्यकारी अधिकृत काशीराम गैरे, खानेपानी तथा सरसफाई डिभीजन कार्यालय चितवनका प्रतिनीधि रमानाथ भट्टराई, डिभीजन सडक कार्यालयका ईन्जिनीयर बसन्त कुमार गाई, कन्याक्ट्रर कम्पनि श्रेष्ठ कन्स्ट्रकसनका प्रतिनीधि ईन्जिनियर अनिश रेग्मी, अनुगमन समितीका ब्लक ए, बि र सी का संयोजक क्रमश देबेन्द्र श्रेष्ठ (टांडी देखी टांडी बुढीखोला पुल सम्म), माधव पौडेल (बुडीखोला पुल देखी नगरपालीका कार्यालय सम्म), रामशरण कुंवर ( नगरपालीका कार्यालय देखी निपनी सम्म), नेपाल विद्युत कार्यालय टांडीका ईन्जिनियर प्रितमराज बिष्ट, डिभीजन सडक कार्यालयका सहायक ईन्जिनीयर अमृत यादव, ई. टेकेन्द्र बि.क., त्रिलोचन रिजाल, भेषराज दुवाडी, रन्ननगर नगरपालीकाका योजना शाखाका शंकर बहादुर कुंवर तथा पत्रकार महेश पाण्डे रहेका थिए । छलफल कार्यक्रममा बोल्ने अधिकांशले सडक निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गर्न तथा हाल देखीएको धुलोको समस्या समाधान गर्न निर्माण कम्पनी लाई आग्रह गरेका थिए । नेपाल विद्युत प्राधिकरण टांडीका ईन्जिनियर प्रितमराज बिष्टले सडकमा रहेको बिजुलीको पोल हटाई ब्यवस्थित गर्न करिब ८७ लाख लाग्ने बताउदै यसको लागि कुनै बजेट नछुटाईएकोले हाल समस्या भएको बताए । साथै अनुगमन समिति ब्लक बि का संयोजक माधव पौडेलले हाल सम्म बिजुलीको पोल सार्न उपभोक्ता समितीले पछि फिर्ता दिलाईदिने सर्तमा करिब ५ लाख ५० हजार रकम कन्ट्रयाक्टर कम्पनी मार्फत बिद्युत कार्यालयलाई बुझाई सकिएको तर यो पर्याप्त नभएको बताए । यसै बिसयमा नगरपालीकाका प्रमुख काशीराम गैरेले ठेकेदार कम्पनिसंग सम्झौता गर्दानै लगानी कम देखाउन बिद्युत पोल सार्न लाग्ने खर्च घटाईएकोले यो समस्या आएको बताए । उनले यसका लागी क्षेत्र नंं २ का सभासद शेसनाथ अधिकारीज्यूसंग पनि छलफल भईसकेको र सडक डिभीजन कार्यालय मार्फत फाईल अर्थ मन्त्रालय सम्म पठाउनु पर्ने भएकाले केहि समय भने लाग्ने बताए । साथै उनले आम उपभोक्तालाई सडक निर्माणको काम नगरपालीको मातहतमा नरहेको र यस कार्यमा सहयोगी भुमिका मात्र खेल्ने भएकोले नगरपालीकाले कार्य सम्मादन गरेन भनेर सडक निर्माण संग नगरपालीकालाई जोड्न नहुने बताए । डिभीजन सडक कार्यालयका ईन्जिनीयर बसन्त कुमार गाईले हालसम्म सडक बिस्तारको काम ३० देखी ३५ प्रतिशतमात्र सम्पन्न भएको बताउदै गुणस्तरीय सडक निर्माणका लागि अनुगमन भईरहेको बताए । करिब १ बर्ष ६ महिनामा सम्पन्न गर्ने गरि करिब १९ करोडमा ठेक्का सम्झौता भएको उक्त सडकको काम नाकाबन्दीको कारणले समयमानै सम्पन्न नहुने भन्दै थप ६ महिना समय थपका लागी श्रेष्ठ कन्सट्रकसनले समय मागी सकेको छ ।
1
IMG_2391
IMG_500
IMG_2383

IMG_2389

Facebook Comments

0 thoughts on “रत्ननगरको टांडी देखी निपनी सम्मको राजमार्ग बिस्तार तथा पुनः निर्माण कार्यको समिक्षा बैठक सम्पन्न (भिडीयो तथा फोटो फिचर सहित)

  1. I just want to say I am beginner to weblog and honestly loved you’re blog site. Likely I’m likely to bookmark your site . You really have amazing stories. Thanks a lot for sharing your web-site.

Leave a Reply

Your email address will not be published. Required fields are marked *