महेश पाण्डे
३ भाद्र, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बि २ नेपालको आयोजनामा लायन वर्ष २०१६ ÷ २०१७ का लागी निर्वा्चित एवं मनोनित डिष्ट्रिक्ट पदाधिकारीहरुको पदस्थापन तथा पहिलो सम्मेलनको तयारी पुरा भएको चितवनको रत्ननगरमा शुक्रबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । पुर्र्वी चितवनमा रहेका १८ वटा लायन्स क्लवहरुको आतिथ्यतामा शनिवार रत्ननगर १ मा रहेको होटल स्टार ब्येन्क्युटमा उक्त सम्मेलन हुन लागेको हो ।
IMG_2420
बिरगञ्ज देखी महेन्द्रनगर सम्मबाट र काठमाण्डौंका केहि भागबाट गरि १५ सयभन्दा बढी लायन्स सदस्यहरुलाई सहभागि गराईने सो सम्मेलनमा रत्ननगरको कला, संस्कृति, पर्यटन, कृषि एवं विभिन्न क्षेत्र अन्र्तगत मह, कृषी र नेपालकै परिचय बोकेको एक सिंगे गैंडाको मुर्ती बनाउने एंव परिचय तथां सूचनाहरु प्रवाह गरिने साथै सोे सम्मेलनबाट गत बर्षको वार्षिक समिक्षा र यस वर्षका लागी कार्यक्रम तर्जुमा गरिने डिस्ट्रिक्ट ३२५ बि २ का एरीया ३ का एरिया को चिफ तथा उक्त कार्यक्रमका संयोजक लायन निरज श्रेष्ठले जानकारी दिनुभयो । उहाले गत बर्षको भुकम्प लगत्तै क्षतिग्रस्त १ हजार घर र ३० विद्यालयको पुर्नःनिर्माणको लागी लायन्स क्लबले पहल गरेको भएतापनी सरकारी पक्षले स्थान र नक्सा उपलब्ध नगराउँदा निर्माण कार्य अगाडी बढ्न नसकेकाले त्यसबारे पनि यो सम्मेलनमा थप छलफल हुने उहाँले बताउनुभयो ।
IMG_2421
लायन्स क्लव अन्र्तराष्ट्रिय ३२५ बि २ नेपालका गर्भनर लायन घनश्याम भट्टराईको सभापतित्वमा हुने सो कार्यक्रममा सन २००५ की मिस नेपाल सुगारिका के.सी.ले सहभागि सदस्यहरुलाई प्रशिक्षण दिने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
IMG_2422
यो कार्यक्रम सम्पन्न गर्नका लागि लायन्स क्लव अन्र्तराष्ट्रिय ३२५ बि २ ले एरिया ३ का एरिया को–चिफ लायन निरज श्रेष्ठको संयोजकत्वमा ३७ सदस्यीय आयोजक समिति, सात सदस्यीय स्टेरिङ्ग कमिटी तथा विभिन्न ११ वटा कार्यगत समितिहरु गठन गरेको छ । पत्रकार सम्मेलनमा लायन्स क्लब अफ चितवन राईनो सिटीका पुर्व अध्यक्ष लायन वेद प्रसाद आचार्य, लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष लायन सुरेसचन्द्र आचार्य, लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष लायन कृष्ण श्रेष्ठ, लायन्स क्लब अफ सौराहा चितवनका पुर्व अध्यक्ष प्रकाशचान्द्र भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
IMG_2422
IMG_2413

तपाईको प्रतिक्रिया