हंश मनोरञ्जन केन्द्रमा भाद्र ११ गते पुल डान्स पार्टी हुदै (भिडीयो तथा फोटो फिचर सहित)

v
महेश पाण्डे
६ भाद्र, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन समाचार डेस्क

पुर्वी चितवनको मुटु रत्ननगर–८ मा रहेको हंश मनोरञ्जन केन्द्रमा भाद्र ११ गते पुल डान्स पार्टी हुने शनिबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । प्रत्येक वर्ष पुल पार्टी गर्ने सोच अनुरुप यो वर्ष पनि भाद्र ११ गते शनिवारको दिन पुल पार्टी गर्न लागेको केन्द्रका सञ्चालक मध्येका एक दिनेश कुमार चुकेले जानकारी दिए । शनिवार बिहान ११ बजे बाट ६ बजे सम्म उक्त कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा राष्ट्रिय कलाकारको साथमा स्थानीय कलाकारहरु डि.जे. कृष, डि.जे. सफारी, स्तभ्द ब्याण्ड, द अक्टिभ ब्याण्ड लगाएतको प्रस्तुती रहने यस कार्यक्रमका सहयोगी संस्था सिए क्लबका उपाध्यक्ष सचित्र राज जोशीले जानकारी दिए ।
IMG_2431
कार्यक्रमलाई अझ रोचक बनाउन चितवन र नवलपरासीमा क्रियाशील पुरुष तथा महिला पत्रकारको बिचमा छुट्टा छुट्टै पौडी प्रतियोगिता गरि प्रथम, द्धितीय र तृतीयलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पनि राखिएको चुकेले जानकारी दिए । उनले प्राकृतीक बिपत्तीका बेला पौडी खेल्न नजानेर अकालमा धेरैले ज्यान गुमाउनु परेको उदाहरण दिदै सबैले अनिवार्य रुपमा पौडी खेल्न जाने भैपरी आउने त्यस्ता दुर्घटनाबाट बच्न सकिने कुरामा जोड दिए ।
IMG_2431
चुकेले हंश मनोरञ्जन केन्द्रमा हाल मंनोरञ्जनसंगै खान र बस्नको ब्यवस्था गरिएको पनि जानकारी गराउदै छिट्टैनै पुर्वी चितवनमा डिजीटल सिनेमा हल र आधुनीक चिल्ड्रेन पार्क को पनि शरुवात गर्ने सोच रहेको कुरा बताए । हाल ९ जना सञ्चालकहरुद्धार सञ्चालीत रहेको हंश मनोरञ्जन केन्द्र हाल सञ्चालक समितीबाटनै सञ्चालीत रहेको जानकारी दिदै पुल डान्स पार्टीमा पहिलै बुकीङ् गर्नेलाई रु १०० टिकट र त्यहि दिन बुकिङ् गर्नेलाई रु २०० को टिकट लाग्ने र सबैलाई उक्त कार्यक्रम सफल पार्न पनि चुकेले अनुरोध गरे । नेपालीको आवाज अनलाईनको तर्फबाट उक्त कार्यक्रमको सफलताको शुभकामना ।
IMG_2443
IMG_2439

13903172_1186414824754176_8196263760161273771_n

IMG_2449

Facebook Comments

0 thoughts on “हंश मनोरञ्जन केन्द्रमा भाद्र ११ गते पुल डान्स पार्टी हुदै (भिडीयो तथा फोटो फिचर सहित)

  1. Wonderful beat ! I wish to apprentice while you amend your web site, how can i subscribe for a weblog website? The account aided me a acceptable deal. I were a little bit familiar of this your broadcast provided brilliant clear concept

  2. I simply want to tell you that I am beginner to blogging and site-building and actually savored this web page. More than likely I’m going to bookmark your website . You definitely come with incredible well written articles. Bless you for sharing your website page.

Leave a Reply

Your email address will not be published. Required fields are marked *