१९, असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन खेलकुद डेस्क
पुर्वी चितवन पत्रकार मंच विरुद्ध भएको मैत्रीपुर्ण फुटवल खेलमा लायन्स क्लव अफ रत्ननगर मिड नेपाल पराजीत भएको छ । वैरिया माविको चौरमा मंगलवार भएको खेलमा मंचले लायन्सलाई ५–२ गोल अन्तरले पराजीत गर्यो ।
शुभ विजयादशमीको अवसर पारेर अफ रत्ननगर मिड नेपाल अघिल्लो वर्षमाझैं यस बर्ष पनि खेलको आयोजना गरेको थियो । लायन्स क्लवले प्रत्येक वर्ष पत्रकारसंग मैत्रीपुर्ण फुटवल खेल गर्दै आएको छ । महेश पाण्डे कार्यक्रम संयोजक रहनु भएको उक्त कार्यक्रम क्लवका अध्यक्ष शुरेशचन्द्र आचार्यको अध्यक्षता तथा पुर्वी चितवन पत्रकार मंचका अध्यक्ष होमनाथ सापकोटाको प्रमुख आतिथ्यतामा खेलको समापनसंगै विजयादशमीको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।