२७ मंसिर, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

पौष १५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘समर्पण’को प्रचार प्रसार तिव्र पारिएको छ । फिल्म युनिट अहिले प्रचार प्रसार अभियानमा देशदौडाहामा छ । यसैक्रममा युनिट आइतबार चितवनको नारायगढ आइपुग्यो । नारायणगढमा पत्रकार सम्मेलन गर्दै उनीहरुले फिल्मको बारेमा जानकारी गराएको छ ।
15337539_1526178527397306_329525164428773767_n
‘फिल्म युवा पुस्ताको कथा हो, त्रिकोणात्मक प्रेममा फिल्मको कथा घुमेको छ’- फिल्मको कथाबारे प्रस्तुतकर्ता एवं कलाकार रोजन रखालले भने । उनले फिल्मले युवा पुस्ता कसरी गलत बाटोमा लाग्दछन र कसरी सुधार्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने बताए । नेपालसहित बंगलादेशमासमेत खिचिएको फिल्ममा लगानी ६२ लाखभन्दा माथि भइसकेको उनले जानकारी दिए ।
15439737_1526178817397277_496567929198671071_n
फिल्मका अर्का कलाकार तथा कोरियोग्राफर बिश्वास लामाले फिल्मले नयाँ जेनेरेसनको मित्रताको कथा पेश गर्ने बताए । ‘स्वतन्त्र र रमाइलो जीवन जिउने युवाको कथा नै फिल्म हो’- उनले भने । कार्यक्रममा उपस्थित नायिकाद्धय रञ्जु शर्मा र रुबी शर्माले आआफ्नो भुमिकाबारे बोल्दै फिल्म उत्कृष्ट बनेको दाबी गरे । त्यस्तै कलाकार प्रयास तामाङ र अमृत शाही ठकुरीले पनि फिल्म तुलनात्मक रुपमा अब्बल बनेको बताए । कलाकारहरुले फिल्म हेरिदिन सबैलाई आग्रहसमेत गरे । सो युनिट चितवनपछि सर्लाहि हुदै पुर्वका विभिन्न स्थानमा प्रचारका लागि गएको छ । बसन्त निरौलाको निर्देशनमा बनेको फिल्मका निर्माता बंगलादेशी नागारिक इमरान सिद्धिकि हुन । फिल्मलाई टिकाराम रखालले लेखेका हुन भने कुमार महर्जनको द्धन्द, बिश्वास लामा र संग्राम लामाको नृत्य, दिव्य सुवेदि र जयकुमार दर्लामीको छयांकन र टंक बुढाथोकिको सँगीत रहेको छ ।
15350661_1526178814063944_5878686391380785689_n
15317906_1526178644063961_2859670326671554329_n

तपाईको प्रतिक्रिया