lucky media

२३ फागुन, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले चलचित्र पत्रकार संघ चितवन शाखालाई सम्मान गर्ने भएको छ । चलचित्र क्षेत्रको विकास, प्रवद्धन र प्रचारमा निरन्तर सक्रिय लक्की मिडिया हाउसले चलचित्र पत्रकार संघ चितवन शाखालाई नगद १० हजारसहित सम्मान गर्ने भएको हो । नेपालको सिने बजारको क्षेत्रमा चितवन शाखाले गरेको अतुलनिय योगदानको कदर गर्दै संघलाई सम्मान गर्न लागिएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की”ले जानकारी दिनुभयो । चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेले लक्की मिडिया हाउसले गर्न लागेको यो सम्मानले चलचित्र क्षेत्रको विकासका लागि अझै केहि गर्ने प्रेरणा मिलेको बताउनुभयो । अध्यक्ष लामिछानेले आगामी दिनमा पनि लक्की मिडिया हाउसको निरन्तर सहयोगको अपेक्षा गर्दै लक्की मिडिया हाउस परिवार र अध्यक्ष कार्कीलाई विशेष धन्यवाद प्रकट गर्नुभयो । कार्की चलचित्र पत्रकार संघ चितवनका कोषाध्यक्ष पनि हुनुहुन्छ । उक्त रकम आगामी चैत्र १४ गते चलचित्र “ब्वाइफ्रेण्ड”को विशेष शो गर्ने दिन एक कार्यक्रमकाबीच हस्तान्तरण गरिने कार्कीले बताउनुभयो । चलचित्र ब्वाइफ्रेण्डको विशेष शो पनि लक्की मिडिया हाउसले नै गर्न लागेको हो । चितवनमा रहेको लक्की मिडिया हाउसले चलचित्र क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको तिब्र रुपमा प्रचार प्रसार गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया