१ चैत्र, चितवन
नेपालीको आवाज मनोरञ्जन डेस्क
फाल्गुन २७ गतेदेखी देशब्यापी प्रदर्शनमा आएको चलचित्र ‘दर्पण छायाँ २’ यतिखेर प्रोमोशनको लागी चितवन आएको छ । चलचित्रको प्रतिक्रिया बुझ्नको लागि निर्माता रबि गदाल कार्की निर्मात्री सबु कार्की ,चलचित्रका कलाकार पुष्पल खड्का , साहारा कार्की , श्रध्दा प्रसाई , फिरोज तिमल्सीना लगायतका कलाकारहरुले युनिट चितवन लगाएत मोफसलका विभिन्न स्थानमा पुग्ने क्रममा मंगलबार चितवनका हलहरुमा पुगेर दर्शक प्रत्रिक्रिया लिएका थिए |
युनिटले चितवनको इन्द्रदेव सिनेमा मन्दिर ,गणेश चलचित्र मन्दिर लगायतका हलमा पुगी दर्शक सगै फिल्म हेरी फोटो समेत खिचाएका थिए | उक्त समयमा युनिटले चितवनका पत्रकारहरु संगपनि भेट् गरि आफ्नो सिनेमाको बारेमा जानकारी दिएका छन् र सबै स्थानबाट राम्रो प्रत्रिकृया पाएको खुशी पनि साटेका छन् |
darpan-chhaya-2
फिल्मका कलाकार पुष्पल, साहारा, फिरोज, श्रद्धा ले फिल्मले युवायुवतीको कथालाई कलात्मक तरिकाबाट देखाइएको कारणले सबैको मन छुने कुरा व्यक्त गर्दै नयाँ कलाकार भएता पनि कथालाई न्याय गरेको हुँदा फिल्म अत्यन्तै राम्रो बनेकोले नहेर्नु भएका दर्शकलाई हेरिदिनको लागि आग्रह गरेका छन् भने उता फिल्मका निर्माता रबि गदाल कार्की निर्मात्री सबु कार्कीले पनि परम्परा गीत संगीतको जर्गेना ,सर्जकको सम्मान र प्रेमभाब लाई देखाईएकोले पनि अहिलेको युवापुस्त्ताको लागि यो सिनेमा महत्वपूर्ण रहेकाले पनि सिनेमा हेर्नु आवश्क रहने कुरा व्यक्त गर्छन |
फिल्मलाई बरिष्ट निर्देशक तुलसी घिमिरेले निर्देशन गरेका हुन, संगित रञ्जित गजमेर र चन्दन लोम्जेलको रहेको छ भने नृत्य निर्देशन छुन्डुप लामाको हो |

तपाईको प्रतिक्रिया