18034837_1672326672782490_40625424_n
महेश पाण्डे
५ बैशाख, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगर १० मा रहेको क्वेस्ट मोडल कलेजमा बैशाख ३ गते देखी सञ्चालीत बालबालीकाको क्षमता अभिबृद्धी कार्यक्रम अन्र्तगत ३ दिने नेतृत्व बिकास तालिम मंगलबार सम्पन्न भएको छ । रत्ननगर नगर कार्यपालीकाको सहयोगमा नेतृत्व क्षमता बिकास उपभोक्ता समितीको आयोजनामा भएको उक्त कार्यक्रममा रत्ननगर १० मा रहेका २० ओटा टोल बिकास संस्थाका ४० जना बालबालीको सहभागीता रहेको थियो । समापन कार्यक्रमको प्रमुख अतिथीको रुपमा रत्ननगर नगरपालिकाका सामाजिक शाखा प्रमुख पुष्पराज आचार्य, बिशिष्ट अतिथीको रुपमा रत्ननगर नगर पालिका वडा नं. १० का वडा सचिव खगनाथ पराजुली अन्य अतिथीहरुमा क्रमश नेपाली कांग्रेसका वडा प्रतिनीधि स्थानेश्वर चालीसे, नेकपा एमालेका वडा अध्यक्ष कमल बहादुर घिमीरे, नेकपा माओवादी केन्द्रका संयोजक ईन्द्र प्रसाद ढकाल, वडा नागरिक मञ्चकी संयोजक पार्वती पौडेल, खेलकुद सामाग्री उपभोक्ता समितीका संयोजक केशव आचार्य, सक्षम आमा समुहकी अध्यक्ष बिन्दा खड्का, पत्रकार महेश पाण्डे, समाजसेवी राजु श्रेष्ठ, प्रशिक्षकद्धय काब्य लम्साल र जगदिश चन्द्र शर्मा लगाएतका रहेका थिए ।
18049522_1672328546115636_2083729664_o
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले बालबालीका भनेका भविष्यका कर्णधार भएकाले उनिहरुलाई दिईने यस्ता तालीमले उनिहरुलाई नेतृत्व तहमा पुग्नकालागि ठुलो सहयोग हुने बताएका थिए । तालिम अवधिका प्रशिक्षकद्धय द आर्ट अफ लिभिङ्गका गुरु काब्य लम्साल र क्वेष्ट मोडल कलेजका प्राचार्य जगदिश चन्द्र शर्माले तालिम अवधिभर आफुहरुले योग, ध्यान र प्राणायामको मद्दतले प्रशिक्षण दिएकोले पनि बालाबालिकाहरुलाई तालीम अवधिका कुराहरु जिवन उपयोगिहुने बताय । त्यस्तै कार्यक्रममा प्रमुख अतिथी आचार्यले रत्ननगर नगरपालीकाले बाल मैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत यस्ता कार्यक्रम गर्दै आएकोले यस्ता कार्यक्रमको लागी नगरपालीका सधै तयार रहेको बताए ।
कार्यक्रममा सहभागी बालबालीकाले नृत्य पनि प्रस्तुत गरेका थिए भने कार्यक्रम उपभोक्ता समितिको संयोजक गिता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
17974054_1672329369448887_1746769003_n

तपाईको प्रतिक्रिया