१४ बैशाख, चितवन
चर्चीत गायीका मिलन अमात्यको आवाजमा रहेको आधुनीक गित तिमी बिना जिउने आधारको म्युजिक भिडीयो एम. एस. मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । जुन गित मनको वह–२ एल्बमा समाबेस गरिएको छ ।
चितवनबाट निर्देशकिय काम गरिरहेका फिल्म तथा म्युजिक भिडियो निर्देशक के.डि. प्रसितले उक्त भिडीयोको निर्देशन गरेका हुन । म्याक्टेन कालुको शब्द तथा देव गुरुङ्गको संगितमा रहेको उक्त गितलाई हाम्रो समाजमा देखीएको समास्यालाई आधार बनाएर म्युजिक भिडीयोको मार्फत बाट उजागर गरेको निर्देशक प्रसित ले बताए । म्युजिक भिडियोमा नव मोडल किरण गौतम, कलाकार दिपक अधिकारी, अनु राना मगर, बिबेक कार्की, गंगा तमाङ्, अस्मिता बि.क.को अभिनय रहेको छ ।
नव मोडल किरण गौतम चितवनका प्रसिद्ध ब्यापारी तथा धेरै संभावना बोकेका कलाकार हुन भने कलाकार दिपक अधिकारी बिभिन्न चलचित्रमा अभिनय गरि सकेका चर्चीत कलाकार हुन ।
चितवन तथा नवलपरासिको बिभिन्न ठांउमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियो निकैनै मार्मीत तथा सन्देश मुलक बनेको देख्न सकिन्छ ।

music video banner

तपाईको प्रतिक्रिया