philip dc makalu khabar opaning

जेठ–१५, काठमाडौं

आम जनतामा विस्वसनीय सुचना र सत्यतथ्य खबर प्रवाह गर्ने उद्देश्यले मकालु खबर डट कम (www.makalukhabar.com) सञ्चालनमा आएको छ जसको सोमबार एक कार्यक्रमका बिच शुरुवात गरिएको छ ।

शुलभ मिडिया प्रा.लि.द्वारा सञ्चालनमा आएको मकालु खबर डट कमले आम जनताका समस्या, चासो र देशका समसामयिक विषय वस्तुहरु समावेश गर्ने शुलभ मिडिया प्रा.लि.का अध्यक्ष फिलिप कुमार डिसीले जानकारी दिए । सञ्चार क्षेत्रमा पृथक विषय र नागरिकका चासो, समस्या र सकारात्मक विचार संप्रेषण गर्नका लागि साथै अनलाईन पत्रकारितामा ब्यवसायिक पत्रकारिता गर्नका लागि मकालु खबर डट कम सञ्चालन गरिएको अध्यक्ष डिसीले कार्यक्रममा जानकारी दिए । अनलाईन पोर्टलसँगै आउँदो असारदेखि मासिक म्याग्जिन समेत सञ्चालन गर्ने उनले बताए ।

युवा सञ्चारकर्मी केशब सापकोटा, चेतराज बस्नेत र फिलिप कुमार डिसीको संयुक्त लगानीमा सञ्चालनमा आएको मकालु खबर डट कममा समसामयिक समाचार, राजनीति, शिक्षा, स्वास्थ्य, साहित्य, मनोरञ्जन, खेलकूद, रिपोर्ट लगायतका कुरा समेटिने छन् । हाल देशका २० बढि शहरहरुलाई केन्द्रमा राखेर मकालु खबर डट कमले पत्रकारिता गर्ने बताईएको छ । मकालु खबर डट कम इन्टरनेटको माध्यमबाट विश्वका जुनसुकै क्षेत्रबाट हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया