22070436_1858387697509719_593485268_o

महेश पाण्डे
१० असोज, सौराहा, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहले मंगलबार न्यु सौराहा थारु कल्चर हाउस सौराहामा बिजया दशमी, शुभ दिपावली, नेपाल संवत ११३८ तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथी रत्ननगर वडा नं. ६ का वडा अध्यक्ष तथा रेवान सौराहाका संस्थापक अध्यक्ष बलराम दाहालले कार्यक्रममा शुभकामना ब्यक्त गर्दै रेवान सौराहा र क्षेत्रीय होटल संघ सौराहा एक भएर लागे मात्र सौराहाको पर्यटन ब्यवसाय अझ फस्टाउने कुरामा जोड दिएका थिए ।

22016253_1858387804176375_1271075601_n
कार्यक्रममा बिशिष्ट अतिथी रत्ननगर वडा नं. ७ का वडा अध्यक्ष तथा रेवान सौराहाका निवर्तमान अध्यक्ष लाल बहादुर भट्ट (राजन) , अतिथीहरुमा क्रमशः रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, क्षेत्रीय होटल संघ सौरहाका अध्यक्ष सुमन घिमीरे, ईलाका प्रहरी कार्यालय टांडिका प्रहरी नायव उपरिक्षक बाशुदेव खतिवडा, रत्ननगर वडा नं. ५, ६ र ७ का सेवा केन्द्र प्रमुख पुष्पराज आचार्य, रेवान सौराहा महिला समुहकी अध्यक्ष माला दाहाल तथा बिभिन्न संघ संस्थाका प्रमुख, पर्यटन ब्यवसायी लगाएतका रहेका थिए ।
22052897_1858388087509680_1966836245_n
कार्यक्रममा बोल्दै कार्यक्रमका सभा अध्यक्ष तथा रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले असोज ११ गते परेको बिश्व पर्यटन दिवसको अवशरमा बिभिन्न कार्यक्रम गर्ने जानकारी दिए जस अन्र्तगतः सो दिन सौराहामा रहेका रेष्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट दिईने छ, त्यस्तै बालबालीकाको बौद्धिक बिकासकालागी वातावरण संग सम्बन्धित ड्रोईङ् प्रतियोगिता, म्युजिकल चियर कार्यक्रम, बेलुट फुटाई कार्यक्रम, घैटो फुटाई प्रतियोगीता तथा संरक्षणमा बालबालीकाको भुमीका बिषयक निवन्ध लेखन प्रतियोगित समेत गरिनेछ । त्यस्तै गरि सोहि दिन बेलुका ६ बजे देखी ७ बजे सम्म सौराहामा आएका पर्यटनको लागि अझ मनोरञ्जन प्रदान गर्नको लागि सडकमा झाकी सहितको बिशेष प्रर्दशनी कार्यक्रम समेत गरिने छ ।

22016289_1858387704176385_64832850_n
22052397_1858387940843028_1419372506_n

तपाईको प्रतिक्रिया