महेश पाण्डे
३१ असोज, चितवन
नेपालीको आवाज अनलाईज मनोरञ्जन डेस्क

नेपाली कथानक चलचित्र ’ऐश्वर्य’ यहि कार्तिक ९ गते छठ पर्बको दिनदेखी देशभर एकै साथ प्रर्दशन हुने मोफसल टुरमा रहेको चलचित्र युनिटले सोमबार चितवनमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराएको छ ।

चलचित्रका कलाकार निर्मात संगै चितवन आएको सो युनिटले दर्शकलाई समय र पैसा खेर गएको भान नहुने फिल्म बनेको भन्दै दर्शकलाई हेरेर प्रतिक्रिया दिन समेत आग्रह गरेका छन । पत्रकार सम्मेलनमा बोल्दै नायक रमेश उप्रेतीले ऐश्वर्यलाई उत्कृष्ट बनाउन कुनै कसर बँकी नराखेको बताउनुभयो ।

22490001_1819901764705895_8310568291354088357_n

पत्रकार सम्मेलनमा निर्मल शर्मा गैडा , नायक रमेश उप्रेती, नव नायिका दीपिका प्रसाई, प्रशान्त ताम्राकार लगायतका कलाकारको सहभागिता रहेको थियो । फिल्ममा रमेश उप्रेती र नव नायिका दीपिका प्रसाई सँगै केकी अधिकारी, केशव भट्टराई लगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

aishrya-namaste-filmy

चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । हाल ऐश्वर्य युनिट आफ्नो फिल्म प्रमोशनको लागि बिभिन्न जिल्लामा ब्यस्त रहेको छ । चलचित्रको तिमी रोएको पल तिमिलाइ हसाउन नसकुला तर तिमी सगैै म रोइ दिन सक्छु……. भन्ने बोलको गितले निकै चर्चा बटुल्न सफल भएको छ ।

22448334_1819900941372644_57572253768392464_n

तपाईको प्रतिक्रिया