१३ मंसिर, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

अंग्रेजी नयाँ वर्ष २०१८ लाई मध्य नजर गरेर डिसेम्बर २९ अर्थात पौष १४ गते फिल्म ‘ह्याप्पी न्यु ईयर’ देशभर प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ त्रिकोणात्मक प्रेमकथा आधारित रहेको छ । आरके एम प्रोडक्सनको व्यानरमा अभिनेता कुशल कै निर्माण र रती श्रेष्ठको प्रस्तुती रहको यस फिल्म देवकुमार श्रेष्ठको निर्देशनमा बनेको हो । फिल्ममा अभिनेता कुशल थापा, पुकार गौतम ,संध्या केसी, इश्वर थापा, पदम शाक्य,सुजता केसी,मुक्ति रोक्का लगायतका कलाकारको मुख्य अभिनय छ । चलचित्रमा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

तपाईको प्रतिक्रिया