जाडो मौसममा बिरामी ले ध्यान पुर्याउनु पर्ने कुराहरु

डा. सन्तोष भुषाल
नेपालीको आवाज अनलाईन स्वास्थ्य डेस्क

मौसम अनुसार मानव शरीरमा विभिन्न रोग हरु लाग्न सक्दछन । हाम्रो शरीर मा बहिरी मौसम को प्रभाव निकै महत्त्वपूर्ण मानिन्छ । जाडो होस या गर्मी मौसम यस अनुसार हामिलाइ विभिन्न रोग को संक्रमण हुने गर्दछ । गर्मी मौसम मा हावा पानी को प्रदुषण एबम संक्रमण बाट विभिन्न रोग हरु जस्तै ज्वरो , झाडापखाला , टाइफाइड , छालाका संक्रमण आदि समस्या देखा पर्ने गर्दछन । आज हामी बिशेसत चिसो अर्थात् जाडो मौसममा हाम्रो शरीर मा देखिने समस्याहरु र बिरामी ले ध्यान पुर्याउनु पर्ने कुराहरु मा केन्द्रित हुन चाहान्छौ ।

१. चिसो बाट हुने छाती को संक्रमणहरु :

चिसो मौसम मा हुने सामान्य रुघाखोकी देखि छाती मा देखिने गम्भीर किसिमको संक्रमण हरु सबैमा समय मा नै ध्यान दिन सकेमा यसले गर्ने असर हरु कम गर्न सकिन्छ । अन्य रोगहरु जस्तै दम ( सि ओ पि डि), क्षयरोगहरु द्वारा संक्रमण भएर नियमित औषधि सेवन गर्दै गर्नु भएका बिरामी हरु मा पनि चिसो मौसम मा हुने थप संक्रमण ले झनै असर गर्ने गर्दछ । त्यसैले यस्ता बिरामी बर्ग ले चिसोमा आफु ले सकेसम्म न्यानो बनाउने , सानो समस्यालाइ पनि समयमै उपचार गराउने गर्नु पर्दछ ।
२. चिसो मौसममा हुने नाक , कान र घाटी का समस्या :

चिसो मौसममा प्राय हुने माथिल्लो श्वास प्रस्वास को संक्रमण जस्तै acute tonsillitis , acute pharyngitis , एब कान मा देखिने समस्याहरु जस्तै asom बिरामीमा प्रसस्त देखिने गर्द्छ ।चिसो मौसममा आफू लाई सके सम्म न्यानो राख्ने र सानो समस्या लाई पनि चिकित्सक को सल्लाह बमोजिम उपचार गराउने सके सम्भाबित ठूला समस्या बाट जोगिन सकिन्छ ।

३. जाडो मौसममा देखिने जोर्नी का समस्याहरु :

जाडो मौसममा बिशेसत जोर्नी दुख्ने ;फुल्ने; सुन्निने समस्या हरु बिरामी मा प्रसस्त देखिने गर्द्छ । जोर्नी सम्बन्धी दीर्घ रोग जस्तै जोर्नी खिइने समस्या अर्थात ओस्टियोआथराइटिस osteoarthritis र जोर्नी सुन्निने समस्या रिउमाटोइड आथराइटिस Rheumatoid Arthrits भएका बिरामी ले जाडोको मौसम मा विशेष ध्यान दिनु पर्ने हुन्छ । यस मौसम मा बिरामीलाई थप दुखाइ हुने गर्द्छ।

४. चिसो मा मुटु सम्बन्धि रोगहरु :

प्राय चिसो मौसममा मानव शरीर का धवनी हरु खुम्चिने प्रक्रियामा हुने गर्दछन । त्यसो हुदा रगत नलि सागुरो हुने उक्त ध्वनी भइ बग्ने रगत प्रयाप्त मात्रामा शरीर को विभिन्न अङ्ग मा नपुग्ने अवस्था सृजना हुन्छ । त्यसैले गर्दा चिसो मौसममा गर्मी भन्दा बढी उच्च रक्तचाप, रक्तस्राव , हृदयघात का बिरामी को सङ्ख्या बड्ने गर्दछ । बिरामिले त्यस कारण बिहान चिसो मौसममा हिड्नु लाभदायक नहुन सक्ने जानकारहरु बताउनुहुन्छ । मुटु सम्बन्धि रोग लागेका र उच्च जोखिम मा रहेका बिरामी बर्ग ले नियमित जाँच गर्ने बानी बसाल्ने हो भने चिसो मा हुने मुटु सम्बन्धि रोग बाट वच्न सकिन्छ।

५. पिसाब अनि मृगौला सम्बन्धि समस्या :

चिसो मौसममा मा प्राय मानिस हरु कम पानी पिउने बानी गर्दछ्न , जुन एकदमै हानिकारक हुदछ । कम पानी पिउने बानी ले पिसाब मा संक्रमण हुने , पत्थरी हुने अनि अन्तिम मा मृगौला खराब हुन सक्ने हुनाले चिसो मौसममा पनि प्रसस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।

६. छाला सम्बन्धि समस्या

चिसो मौसममा छाला विशेष गरि सुख्खा हुने फुट्ने समस्या देखिने गर्द्छ । छाला लाई नरम बनाइ राख्न विभिन्न छाला मा प्रयोग हुने कृम हरु प्रयोग गर्न सकिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *