लायन्सद्धारा वटुकलाई न्यानो लुगा र खेल सामाग्री

१३ माघ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगरको हरिहर मन्दिर स्थित वेद वेदाङ्ग संस्कृत बिद्यालयमा रहेका ४१ जना विद्यार्थी हरुलाई न्यानो लुगा तथा खेलकुद सामग्री बितरण गरिएको छ । क्लबका अध्यक्ष जगदिश शर्माको अध्यक्षता तथा लायन्स ३२५ वि टुका डिष्ट्रिक गभर्नर मधुसुधन शर्मा रिजालको प्रमुख आतिथ्यतामा कपडा र खेल सामाग्री वितरण गरिएको थियो । संस्कृत विद्यालयमा रहेका ति विद्यार्थीहरुलाई तिस हजार बराबरको सामाग्री वितरण गरिएको हो । कार्यक्रममा डिष्ट्रिक क्याविनेटका कोषाध्यक्ष लायन चिन्तामणी धिताल, रिजन चियर पर्सन लायन शंकर गिरी , जोन चियर पर्सन सुरेश चन्द्र आचार्य ,बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष निलकण्ठ पौडेल , शिबहरी भण्डारी, सूर्यमणी मिश्र , बिष्णु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *