महेश पाण्डे
३ फागुन, पोखरा
नेपालीको आवाज अनलाईन न्युज डेस्क

अष्ट्रेलिया जान चाहाने बिद्यार्थीको लागि पोखरामा लिङ्क वोय ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सीका आयोजना तथा केटिएम कन्सल्टीङ ग्रुपको ब्यवस्थापनमा पोखरामा रहेको माउन्ट कैलाश रिसोर्टमा १ दिने अष्ट्रेलियन एजुकेशन सेमिनार सम्पन्न भएका छ । कार्यक्रममा प्रमुख अतिथी भिक्टोरिया एण्ड तासमनीयाका अष्ट्र«ेलियन मार्केटिङ म्यानेजर जोन मारमारीनोस, अतिथीहरुमा क्रमशः ला ग्राण्डे ईन्टरनेशनल कलेजका प्रीन्सीपल्स ई. किरण के.सी., अष्ट्रेलियामा रहेको केटिएम कन्सल्टीङ ग्रुपका प्रबन्ध निर्देशक ध्रुव कंडेल, लाईफ लाईन हेलि चार्टर सर्भिस प्रा.ली.का अध्यक्ष महेश पाण्डे, होटल सेन्ट्रल लेकका प्रबन्ध निर्देशक टंक राज अधिकारी, अष्ट्रेलियामा रहेको केटिएम कन्सल्टीङ ग्रुपका बिजनेश डेपलपमेन्ट अफिसर शुरेन्द्र प्रसाद नेपाल, नेपालमा रहेको केटिएम कन्सल्टीङ ग्रुपका सिनीएर एजुकेशनल स्ट्राटेजीष्ट सुमन अर्याल, केटिएम कन्सल्टीङ ग्रुपका काउन्सीलर बिवेक पाठक, नेपाल एस.बि.आई बैंकका ब्रान्च म्यानेजर पुजन राज अर्याल लगाएतका रहेका थिए ।
कार्यक्रममा उपस्थित बिद्यार्थीहरुले अस्टे्रेलियामा अध्ययन गर्न जानु भन्दा उगाडी के के कुरामा ध्यान दिनुपर्छ र कसरी जादा बिद्यार्थीलाई सहज हुन्छ भन्ने बिषयमा कार्यक्रमका प्रमुख अतिथी भिक्टोरिया एण्ड तासमनीयाका अष्ट्रेलियन मार्केटिङ म्यानेजर जोन मारमारीनोसले आफ्नो धारण ब्यक्त गरेका थिए ।
केटिएम कन्सल्टीङ ग्रुपकी पी.आर. म्यानेजर सेबिका महर्जनले सञ्चालन गरेको कार्यक्रम लिङ्क वोय ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सीकाका प्रबन्ध निर्देशक कमलराज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने www.nepalikoaawaj.com को फेशबुक पेज https://www.facebook.com/nepalikoaawaj1/ बाट कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया