सिद्धार्थ बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई एकलाख पाँच हजार सहयोग

२८, चैत्र, रत्ननगर चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क

 

सिद्धार्थ बैंकले जिरौना, चितवनमा नव निर्मित श्रीकृष्ण प्रणामी मन्दिर निर्माण सहयोगार्थ एक लाख पाँच हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग रकम एक विशेष समारोहका बीच सिद्धार्थ बैंक नारायणघाट शाखाका शाखा प्रबन्धक अनन्त श्रेष्ठ र सिद्धार्थ बैंक टाँडी शाखाका शाखा प्रबन्धक अभिषेक कुमार थापाले श्रीकृष्ण प्रणामी मन्दिर, जिरौनाका संचालक समितिका अध्यक्ष श्याम बराल तथा संचालक समितिका पुर्व अध्यक्ष तिलक प्रसाद शर्मालाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको जनाएको छ ।

सिद्धार्थ बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८  ATM र ६८७ POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *