बिपिन शर्मा आचार्य,
२ बैशाख, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क

नेपाल सरकारको योजना अन्तर्गत प्रस्तावित नमुना माद्यमिक बिद्यालयमा छनौट भएको नेपाल माद्यमिक बिद्यालयले आगामी शैक्षिक सत्रलाई कक्षा नर्सरी देखी कक्षा १२ सम्म साधारण तर्फ र ब्यबसायिक धार तर्फ कृषि वालिबिज्ञान कक्षा ९ देखी १२ सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट कक्षा संचालनका लागि आज देखी भर्ना अभियान सुरु गरेको छ ।

२०१३ सालमा पुर्वी चितवनको शिक्षाको धरोहरको रुपमा स्थापना भएको यस बिद्यालयमा २०६० सालमा शिक्षाशास्त्र, मानविकी र ब्यबस्थापन बिषयमा कक्षा ११ संचालन तथा २०६९ सालबाट बिज्ञान बिषयको कक्षा ११ र प्राबिधिक तथा ब्यबसायिक अन्तर्गत कक्षा ९ बाट कृषि वाली बिज्ञान बिषयको अध्यापन सुरु भई हाल कक्षा १२ सम्मका कक्षाहरु संचालन हुँदै आएको छ ।

भर्ना अभियान कार्यक्रमको सुरुवात गर्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले अब जनप्रतिनीधी तथा कर्मचारीले अनिबार्य रुपमा सामुदायिक बिद्यालयमा पढाउनुपर्ने धारणा राख्नुभयो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलकराज शर्माले यस नेपाल माद्यमिक बिद्यालयले निरन्तररुपमा गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्ने प्रण गरेको र बिद्यालयको सर्वाङिण बिकासका लागि आफ्नो अग्रणी भूमिका रहने बिचार ब्यक्त गर्नुभयो ।

बिद्यालयका प्रधानाध्यापक गोपाल शर्मा आचार्यले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यस सामुदायिक बिद्यालयमा आफ्ना बाबुनानीहरुलाई भर्ना गरी नि:शुल्क रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अबसर लिनुहुन सम्पूर्ण शिक्षाप्रेमी अभिभाभकज्युहरुमा हार्दिक अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया