नेपाल शिक्षक महासंघ चितवन द्वारा रत्ननगर नगर प्रमुख समक्ष ज्ञापनपत्र पेश (फोटो तथा भिडियो फिचर )

बिपिन शर्मा आचार्य,
४ बैशाख, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क

नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको निर्देशन बमोजिम नेपाल शिक्षक महासंघ चितवनको संयोजनमा रत्ननगर नगरपालिकामा ज्ञापन पत्र बुझाईएको छ । चितवन जिल्लाका विभिन्न स्थानीय तहहरुले आ-आआफ्नो क्षेत्रमा बिद्यालय शिक्षा संचालन, ब्यबस्थापन तथा नियमन गर्न भनी शिक्षा ऎन/कार्यबिधि जारी गरिरहेको तथा सो सम्बन्धि क्रियाकलाप अगाडि बढिरहेको सन्दर्भमा नेपाल शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण भएकोमा ज्ञापनपत्र पेश गरेको हो ।

नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे तथा सचिब रामजी भण्डारी द्वारा संयुक्तरूपमा हस्ताक्षर गरिएको उक्त ज्ञापनपत्र रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित अनौपचारिक कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बनले शिक्षकहरुको मनोभावना आफुले बुझेको, अब आन्दोलन गर्न होईन सबै मिलि मुलुक समृद्ध बनाउन हातेमालो गरेर लाग्नुपर्ने प्रतिक्रिया दिए । सामुदायिक बिधालयको शैक्षिक गुणस्तर सुधार्ने दायित्व शिक्षकको रहेको र आफ्ना छोराछोरी नातिनातिना अनिवार्य रुपमा सामुदायिक बिद्यालयमा पढाउन सुझाउदै, सम्पुर्ण जनप्रतिनिधिमा यो कुरा सर्कुलर गरेको जानकारी दिए ।

उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष डा. हरि कडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष दानबहादुर गुरुङ, एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हरिचन्द्र सुबेदी लगायत अन्य पदाधिकारी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *