नविन नेपाल,
१४, बैशाख, काठमाण्डौ,
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

चर्चित लोक गायक खुमन अधिकारी र गायिका दुर्गा सापकोटाको आवाजमा नयाँ लोक दोहोरी गीति एल्बम ‘पास गरि’ हालै सार्वजनिक भएको छ ।

मोफसलमा रहेर विगत लामो समय देखि निरन्तर गीत संगीतमा लागि परिरहेकी चर्चित लोक दोहोरी गायिका दुर्गा सापकोटाले एक पछि अर्को उत्कृष्ट गीत बजारमा पस्कदै आइरहेकी छिन। माया प्रेममा आधारित पास गरि भन्ने झाउरे बिटको लोक दोहोरी गीत दुर्गा सापकोटा र राज कुमार श्रेष्ठले बजारमा ल्याएका हुन् ।

एक पछि अर्को चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली लोक गीत संगीतका धरोहर गायक हुन् खुमन अधिकारि । लामो समयदेखि लोक गीतको स्वर विधामा अब्बल रहेका अधिकारिको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेका छन । यसै क्रममा भर्खरै मात्र यो नया गीत सार्बजनिक भएको छ। सबै क्षेत्रमा अब्बल सावित गरि सकेका गायक खुमन आधिकारिका विभिन्न गीतहरुले बजारमा धमाका मच्चाउदै गरेका बेला जादुमय स्वरले भरिएको यस गीतले छोटो समयमा हजारौ दर्शक श्रोताको मन जित्न सफल भै सकेको छ।

आफैमा चर्चित गायक तथा सर्जक खुमन अधिकारिको लय, शब्द रहेको गीतमा उनलाइ निकै पृथक रुपमा गित गाउन सक्ने चर्चित लोक तथा दोहोरी गायिका दुर्गा सापकोटाले साथ दिएकी छिन ।

आशिष म्युजिक प्रा ली बाट बजारमा आएको गीतलाइ चर्चित निर्देशक शंकर बि सि ले निर्देशन गरेका छन् । अजय रग्मिको छायांकनमा रहेको उक्त भिडियोको सम्पादन भने नवीन घर्ती मगरले गरेका हुन् । भिडियोमा करिस्मा ढकाल र राज कुमार श्रेष्ठले अभिनय गरेका छन् । दुर्गाको यसअघि औला भाची गन्दा, सुपारी काचो, माइती माया र पाली टिनैको लगायका चर्चित गीत बजारमा आइसकेका छन् ।

तपाईको प्रतिक्रिया