२२ बैशाख, काठमाण्डौ
नेपालीको आवाज अनलाइन न्युज डेस्क

सरकारले सिन्डिकेट व्यवस्था खारेजपछि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले आन्दोलन फिर्ता भएको छ । शनिबार यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति निकाल्दै आन्दोलन फिर्ता भएको घोषणा गरेका हुन् । व्यवसायीले शनिबारदेखि देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने जनाउँदै बन्दबाट सर्वसाधारणमा पर्न गएको समस्याप्रति विज्ञप्तिमार्फत माफी मागेका छन् ।

शुक्रबार सरकारले यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सिवेदी, महासचिव सरोज सिटौला, सह–कोषाध्यक्ष डम्बर पन्तलगायत देशभरबाट झण्डै सय जना यातायात व्यवसायीहरु पक्राउ गरेको थियो ।
सरकारले आफूहरुलाई वार्तामा बोलाउनु पर्ने र नयाँ गाडीहरुलाई अनुमति दिँदा आफूहरुसँग परामर्श गर्नुपर्ने माग राख्दै यातायात व्यवसायी महासंघको नेतृत्वमा शनिबार देशभर गाडी ग्यारेजमै थन्काएका थिए । तर सरकारले ग्यारेजमै गाडी थन्काउने र यातायातजस्तो अत्यावश्यक सेवामा अवरोध गर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।
विज्ञप्तिमा शुक्रबार पक्राउ परेका यातायात व्यवसायीलाई निर्शत रिहा गरिनुपर्ने तथा यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया