लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा पुष्पराज श्रेष्ठ निर्वीरोध निर्वाचित ।

महेश पाण्डे
२९ बैशाख, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

लायन्स क्लब अफ रत्ननगर मिड नेपालको तेस्रो बार्षिक साधारण सभा तथा अधिबेशनले बर्ष २०१८/२०१९ को लागि पुष्पराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा प्रकाश शर्मा, दितीय उपाध्यक्षमा किशोर चालिसे, तृतीय उपाध्यक्षमा हेमराज आचार्य, सचिवमा सुमन सुवेदी, कोषाध्यक्षमा किसन प्रसाद, सह सचिवमा सुवास पोख्रेल, सह कोषाध्यक्षमा शिवहरी भण्डारी, एलसिआइएफ कोर्डिनेटर सुर्य प्रकास रेग्मी, सिएमसिसी कोर्डिनेटर महेश पाण्डे, क्लब सर्भिस कोर्डिनेटर बिष्णु श्रेष्ठ, मेम्बरसिप ग्रोथ चिएरपर्शन शुरज पौडेल, टेल टुईस्टर कुल प्रसाद सापकोटा र निर्देशकमा क्रमशः गणेश पौडेल, प्रदिप बन्जरा, सरोज राउत, धर्मराज चालिसे, शागर दुवाडी, सुर्यमणी मिश्र लगाएतका चयन भएका छन ।

लायन्स क्लब ३२५ बि २ नेपालका एडिस्नल क्याबिनेट सेक्रेटरी निरज श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा रिजन चियर पर्शन योगेन्द्र नाथ अधिकारी, एरिया को चिफ प्रकाश चन्द्र भट्टराई, जोन चियर पर्शन शुरेस चन्द्र आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष जगदिश चन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *