पोखरा लेकसाईडको सवारी साधनमुक्त क्षेत्र हटाउँन माग

१३ जेष्ठ, पोखरा
नेपालीको आवाज अनलाईन न्युज डेस्क
हप्ताको दुई दिन लेकसाइड क्षेत्रमा हुँदै आएको सवारी साधनमुक्त क्षेत्र (नो भेहिकल जोन) हटाउन स्थानीय पर्यटन व्यवसायीले माग गरेका छन् । दुई महिना अघि देखि शुक्रवार र शनिवार लेकसाइडको हल्लनचोक देखि बाराही चोक सम्म साँझ पाँच बजे देखि राति १० बजे सम्म हुँदै आएको सवारीमुक्त क्षेत्र कायान्वयनमा आएपछि स्थानीय र पर्यटकलाई नै सास्ती भएको भन्दै व्यवसायीले सवारी साधन मुक्त क्षेत्र हटाउन माग गरेका हुन् ।
नो भईकल जोन भित्र पर्ने होटल, रेष्टुरामा सवारी साधनमा होटल सम्म आउँजाउ गर्न नपाउँदा पर्यटक आउन समेत छाड्दा व्यवसाय धारापमा परेको स्थानीयले बताएका छन् । पर्यटकका चाप बढी हुने शुक्रवार र शनिवार लेकसाइडका मुख्य सडकको ४ सय मिटर क्षेत्रमा सवारी साधन चल्न नदिदा ब्यवसाय नै धरापमा परेको भन्दै स्थानीय पर्यटन व्यवसायीले जिल्ला प्रशासन कार्यालय कास्कीमा नो भेहिकल जोन हटाउन माग गर्दै निवेदन समेत दिएका छन् ।
सवारी साधन चल्ने अन्य बैकल्पीक बाटो समेत नभएको ठाउँमा समेत स्थानीय संग छलफल नै नगरी सवारी सधानमुक्त क्षेत्र घोषण गरेर गम्भीर मानवअधिकार हनन भएकोले प्रशासन समेत गुहारन परेको होटल आइस्ल्यणडका संचालक घनश्याम बोगटीले बताए । मानसरोवर मार्गमा २४ वटा होटलमा ४ सय ७५ कोठा रहेको क्षेत्रमा सवारी साधन नचल्दा पर्यटक बस्न आउनै छाडेकोले व्यवसाय नै चौपट भएको उनले सुनाए । नो भेहिकल जोनका कारण दुई महिनामा व्यवसायमा अडाई लाख रुपैयाँ घाटा लागेको पनि उनले सुनाए ।
नो भेईकल जोन सुरु भएपछि सवारी साधन लिएर आउने पर्यटक होटल बुकीङ गरेर पनि अन्यत्र जाँदा महिनामै ६० हजार बढि घाटा भएको लेकसाइडकै समीको पाटनका स्थानीय होटल व्यवसायी सोभितबहादुर थापाले सुनाए । नो भेईकल जोनका कारण लेकसाइडका ६ सय व्यवसायी प्रभावित भएको उनले सुनाए । व्यवस्थित पार्किङको सुविधा, सडकमा सांस्कृतिक कार्यक्रम गरेर पर्यटकलाई मनोरञ्जन दिने भनिए पनि त्यसो नहुँदा पर्यटकलाई सास्ती मात्र भएकोले नो भेहिकल जोन हटाउनु पर्ने टि टाइम रेष्टुरेण्टका संचालक हरि बास्ताकोटीले बताए । त्यस्तै बस्ताकोटिले कि यो काम सबै लेक साईड क्षेत्र भित्रका रोडहरुमा लागुहुनु पर्ने होईन भने सिमीत ब्यवसायीलाई मात्र फाईदा हुने गरि सिमीत क्षेत्रमा मात्र सवारी साधन प्रवेस गर्न नदिदा आफु जस्तो त्यस क्षेत्र भित्र पर्ने ब्यवसायीलाई मार पर्ने बताएका थिए । कार्यक्रमा उपस्थित सबैले केहि सिमीत ब्यवसायीले आफ्नो निजी स्वार्थका लागि यो काम भएकोले तत्काल यो कार्यलाई रोक्नुपर्ने कुरामा जोड दिएका थिए ।

फेवाताल किनारका बाराही घाट, हल्लनचोक लगायत ठाउँमा अव्यवस्थित पार्किङ र ट्राफिक जाम बढ्दा पर्यटक ध्वनि र वायु प्रदूषणको सिकार बनेकोले हप्तामा दुई दिन पर्यटकलाई आराम संग हिडडुल गर्ने वातावरण बनाउन लेकसाइडका मुख्य पर्यटकीय क्षेत्रको ४ सय मिटर क्षेत्रमा नो भेहिकल जोन संचालन गरिएको थियो । बैदामको लेकसाइडमा धेरै सहायक बाटोहरु भएकाले मूल सडकमा गाडीको आउजाउ निषेध गर्न खास कठिन नपर्ने बताइएको थियो । पोखरा लेखनाथ महानगरपालिका ६ कार्यालयको समन्वयमा पर्यटकीय केन्द्रको ४ सय मिटर क्षेत्रमा नो भेहिकल जोन घोषण भएको थियो ।
पर्यटन व्यवसायीकै माग अनुसार दुई महिना अघि प्रदेश सांसद राजीव पहारी र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा लेकसाइडको ४ सय मिटर क्षेत्रलाई नो भेहिकल जोन घोषण गरेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नो भेहिकल जोन घोषणले होटल ब्यवसाय र स्थानीयलाई समस्या परेको भन्दै हटाउन माग गरी सयौको हस्ताक्षरमा निवेदन आएको बताए । व्यवसायका हितकालागी भएको नो भेहिकल जोन व्यवसायीलाई नै मर्का पर्छ भने त्यसका बारेमा सम्बोधन गर्नु पर्ने भएकोले जिल्ला प्रहरी कार्यलयलाई विकल्प सहित व्यवस्थ गर्न पत्रचार गरेको बताए । व्यवसायीकै हितकालागी महानगरपालिकाको समेत अनुमतीले नो भेहिकल जोन संचालनमा आएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *