नेपाल शिक्षक महासंघले नेपालभरका स्थानीय तहमा बुझायो बिरोध तथा माग पत्र (फोटो फिचर)

बिपिन शर्मा आचार्य,
२० जेष्ठ, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णयानुसार आज जेष्ठ २० गते नेपालभरका ७५३ वटा स्थानीय तहमा बिरोध तथा माग पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।

यसै क्रममा नेपाल शिक्षक महासंघ रत्ननगरले रत्ननगर नगरपालिका शिक्षा ऎन २०७४ लाई शिक्षा ऎन २०२८ तथा शिक्षा नियमावली २०५९ खारेज नहुदै कार्यान्वयनमा ल्याउनु आपत्तिजनक भएको तथा बिधमान ऎन कानुन संग बाझिन गएको जनाएको छ ।

रत्ननगर नगरपालिकाले ऎन कार्यान्वयनमा ल्याई कपरफोरी माध्यमिक बिद्यालयका कर्मचारी (लेखापाल) अमृत प्रसाद पौडेललाई हठात पदमुक्त गरिएकोले पुनर्वहाली गर्न जोडदार माग गर्नुका साथै उक्त बिद्यालयको शैक्षिक वातावरण स्वच्छ बनाउन तथा त्यस बिद्यालयका शिक्षकहरुले राखेका मागहरु पूरा गरि अबिलम्ब शैक्षिक समस्या समाधान गर्न माग गरेको छ ।

तत्काल समस्या समाधानको पहल नगरेमा रत्ननगर महासंघ चरणबद्ध आन्दोलनमा ओर्लन बाध्य हुने पत्रमा जनाएको छ ।

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *