चलचित्र ‘बोबी’ युनिट प्रोमोशनको क्रममा चितवनमा (भिडियो सहित)

दुई दशकअघि कास्कीको हेमजाको एउटा युवक र पोखराकी युवतीबीच चिनजान हुन्छ । चिनजान अन्तत: कसरी प्रेममा बदलिन्छ  ? दुवैका परिवार सम्बन्धका विपक्षमा भएपछि कस्तो किसिमको अन्तर्द्वन्द पैदा हुन्छ ?  अन्तत: दुवैको संघर्षपछि उनीहरूको प्रेम कसरी सम्योगान्तमा परीणत हुन्छ ? बबीको कथा यही पारीधी भित्र जेलिएको छ ।

यो कथा फिल्मकै हो, तर साँचो ! फिल्ममा खेल्ने मुख्य पात्र पनि वास्तविक नै । उमेश थापा र कविता गुरुङको यथार्थ जीवनलाई निर्देशक मिलन चाम्सले फिल्म ‘बोबी’ मा उतारेका छन् । असार २९ देखि फिल्म प्रदर्शनमा आउँदै छ । गत महिना नर्वेमा फिल्मको प्रिमियर भएको थियो । फिल्म युनिट यतिबेला प्रोमोशनका लागि मोफसल बाहिरको नेपाली चलचित्रको ठुलो बजार मानिएको चितवनमा छन ।

निर्देशक चाम्सले दुईको प्रेम कहानीले मन छोएकोले फिल्ममै उतारेको बताए ।

फिल्म प्रोमोशनका लागि कमै देखिने बरीष्ठ कलाकार बिजय लामा यो फिल्मको प्रोमोशनमा निकै उत्साहित देखिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *