राइटपाथको भरतपुरमा शैक्षिक मेला

भरतपुर, असार २३ ।

राइटपाथ करियर काउन्सेलिङले शनिबार भरतपुरमा एक दिने शैक्षिक मेला आयोजना गरेको छ । मेलाको इक्यानका जिल्ला अध्यक्ष भानु खरेलले उद्घाटन गरेका थिए ।

शैक्षिक मेलामा उपस्थित विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलिया, क्यानडा, भारतलगायतका १० वटा कलेजको विषयमा परामर्श गरिएको राइटपाथका सीईओ फिलिप डिसीले जानकारी दिए ।

मेलामा विद्यार्थीहरुले विदेश जाँदा अपनाउनुपर्ने सावधानी, भिसा प्रक्रिया, लागत, कानुनी प्रावधान, भाषिक समस्या लगायतका विषयमा कलेजका नेपाल प्रतिनिधिहरुले जानकारी गराएका थिए ।

 

मेलामा अष्ट्रेलियाको क्विन्सफोर्ड कलेज र भाइब कलेजका नेपाल प्रतिनिधि प्रकाश पाण्डे, हार्बन इन्टरनेशनल कलेजका मुकेश धमला, जोई कलेजका असिम मैनाली, सेन्चुरियन कलेजका प्रतिनिधि सुनिल रेग्मीलगायतले परामर्श दिएका थिए ।

एउटै थलोमा धेरै कलेजको विषयमा शैक्षिक परामर्श उपलव्ध भएको इक्यान चितवनका अध्यक्ष खरेलले बताए ।

कार्यक्रममा रेडियो अर्पण रत्ननगरका स्टेशन एडभाइजर विपिन शर्मा आचार्यले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन सुरज पौडेलले गरेका थिए । कार्यक्रममा ४०० भन्दा बढी विद्यार्थीहरुले शैक्षिक परामर्श लिएका थिए ।

राइटपाथको नारायणगढको लायन्सचोकमा अबको १५ दिनभित्र शाखा खोलि सक्ने सीईओ फिलिप डिसीले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *