श्री कृष्णबाट खेल सामग्री सहयोग

राजन दिल गुरुङ

चितवन ,२३

साउन ।

 

वीरेन्द्रनगर सिक्स ग्रुपमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको लागि श्री कृष्ण कार्कीले खेल सामग्री प्रदान गर्नु भएको छ । नवलपरासी र चितवन जिल्ला गरि ३८ वटा फुटबल टिमले सहभागिता जनाएको उक्त खेल साउन २२ गते बाट सुरु भएको हो ।खेलको बारेमा अन्यत्र बाट थाहा भएको र खेलको लागि सहयोग गर्न सदैब आफु तयार भएको भन्दै वीरेन्द्रनगरका खेलाडीको लागि ४ थान फुटबल , १ सेट जाली र कर्नर फल्याग सन्तोष पाठक र अप्सन गुरुङलाई प्रदान गर्नुभएको थियो। कार्की चितवन जिल्ला फुटबल संघका अध्यक्ष हुन् । हाल आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गरेको छु र आगामी दिनमा अनुसाशित भएर खेल क्षेत्रबाट देशलाई चिनाउन यस्ता खेल प्रेमीहरुलाई केन्द्रबाट आएको सहयोग पनि उपलब्ध हुने बताउनु भएको छ । राप्ती ७ चितवन बाघ देबी युवा कल्बले आयोजना गरेको फुटबल प्रतियोगितामा उद्घाटन खेलमा लामा स्पोर्ट्स कल्बले , मनहरी फुटबल कल्बलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने सोहि दिनमा भएको अर्को खेलमा आयोजक बाघ देबी युवा कल्ब B ले तमु युथ कल्बलाई २-० गोल अन्तरले पराजित गरेको थियो । सम्पूर्ण खेलको जानकारी यसै माध्यम बाट प्राप्त गर्न सकिनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *