चितवन ।

 

सुनचादी बचत तथा ऋण सहकारी सस्था, नारायणगढको छैटौ बार्षिक तेश्रो अधिबेशनबाट रुबिन रामुदामु उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । भरतपुरमा भएको तेश्रो अधिबेशनबाट रुबिन रामुदामु सर्वसम्बत रुपमा उपाध्यक्ष चयन हुनुभएको हो । सो अवसरमा रामुदामुले संस्थाप्रति आफ्नो थप जिम्मेवारी बढेको भन्दै आफूले संस्थालाई बढाउन सबैको सहयोगको खांँचो रहेको बताउनु भयो । ३४ बर्षे इतिहास बोकेको जय सन्तोषीमा पसलका प्रोप्राइटर ईश्वरलाल रामुदामुका कान्छा छोरा रुबिन रामुदामु पनि लामो समय देखी सुन चादी व्यवसायसंगै आवद्ध हुनुहुन्छ । जय सन्तोषी मा का नारायणगढमा जय सन्तोषी मा ज्वोलरी, जय सन्तोषी मा सुनचादी पसल र जय सन्तोषी मा स्वरूम गरी तीन वटा पसलहरु संचालनमा छन् । व्यवसायसंगै समाजसेवा र अन्य सामाजिक कार्यमा निरन्तर सक्रिय रुबिन रामुदामु नेपाल सुनचादी व्यवसायी संघ चितवनको एसोसियट सदस्य समेत हुनुहुन्छ । चितवनमा सफल सुन चादी व्यवसायीको रुपमा परिचित रुबिन रामुदामुले लन्डनको थमेस भ्याली बिश्वबिद्यालयबाट मेनेजमेण्ट संकायमा एमबिए समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया