रत्ननगरमा गोल्डेन गेट एजुकेशन सञ्चालनमा, वैदेशिक उच्च शिक्षाको परार्मश लिन भरतपुर जान नपर्ने (फाटोफिचर)

विपिन शर्मा आचार्य
चितवन, ९ भदौ ।

पूर्वी चितवनको रत्ननगरमा नयाँ कन्सल्टेन्सी सञ्चालनमा आएको छ । वैदेशीक उच्च शिक्षामा जान चाहाने विघार्थीहरूलाई लक्षित गरि गोल्डेन गेट एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको हो ।


एक भव्य समारोहका विच प्रदेश सासद कञ्चन खनालले गोल्डेन गेट एजुकेशन कन्सल्टेन्सीको उद्वघाटन गरेकी थिईन् ।


कार्यक्रमको प्रमुख अतिथि खनालले सीप सिक्न र उच्च शिक्षा लिन विदेशमा जानु राम्रो भएको भन्दै सिप र उच्च शिक्षापछि आफ्नै देशमा आएर देशलाई समृद्धि बनाउन लाग्नुपर्ने बताईन् । साथै उनले स्थानिय तहमा नै सहज रूपमा वैदेशिक उच्च दिन सस्था आउनु राम्रो भएको बताईन् । उच्च शिक्षि पछि आफ्नै माटो आई त्यो सीप प्रयोग विघाथीलाई प्रेरित गन समेत कन्सल्टन्सी सञ्चालकहरू लाग्नुपर्ने जोड समेत दिईन् ।


जिल्ला सदरमुकाम भरतपुरमा नै जानुपर्ने बाध्यताको अन्त्य गर्न आफ्नै गाउँमा सहज रूपमा वैैदेशीक उच्च शिक्षाको पहुँच दिन उद्देश्यले गोल्डेन गेट नयाँ व्यवस्थापनसहित प्राज्ञिक टोलीको समुहले सञ्चालनमा ल्याउनुपरेको अध्यक्ष जगदिशचन्द्र शर्माले बताए ।


सो अवसरमा बोल्दै ईक्यान चितवनका अध्यक्ष भानु खरेलले विकासमा गति लिएपछि वैदेशिक उच्च शिक्षामा गएका विघाथीहरू आउने विश्वास दिलाए । सस्थाका सञ्चालक केशव राज पाठकले स्वागत मन्तव्य व्यत्त गरेको कार्यक्रममा रत्ननगर नगरपालिकाकी उप्रमुख विमला दुवाडी, रत्ननगर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलकराज शर्मा, उवासघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, लयान्स क्लबका सुरेशचन्द्र आचार्य, भगवान थापा, जनकराज पौडेल लगायतले शुभकामना मन्त्व्य व्यक्त गरेका थिए ।


कन्सल्टेन्सीले टोफेल, आईएलटिएस सहित विभिन्न भाषा कक्षादेखि अस्ट्रेलिया, जापान, वेलायत लगायतका देशहरूका उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरूमा बारे उचित परामर्श प्रदान गर्ने जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *