लायन्स क्लब अफ रत्ननगर मिड नेपालले चितवनको अती बिकट बिद्यालयलाई गर्‍यो सहयोग

सोमबार, असोज २
देउजर, चितवन

लायन्स क्लब अफ रत्ननगर मिड नेपाल ले बार्षिक क्यालेन्डर अनुरुप नियमीत कार्यक्रम अन्तर्गत चितवनको अती बिकट स्थान देउजरमा रहेको आधारभूत विद्यालयमा टेलिभिजन, स्कूल झोला, एक बर्षका लागी ५६ जना बिद्यार्थी लाई पुग्ने सबै स्टेसनरी लगायत बिभिन्न सामानहरु प्रदान गरेको छ।

चिफ डिष्ट्रिक एडभाईजर एम. जे. एफ. लायन राम प्रसाद भट्टको प्रमुख आतिथ्यमा क्लवका अध्यक्ष लायन पुष्पराज श्रेष्ठको अध्यक्षतामा बिद्यालयका अभिभावक तथा बिद्यार्थी हरुको समुपस्थितिमा बिद्यालय हातामा पुगी उक्त सामग्री हस्तान्तरण गरिएको थियो।

करिव पैसठ्ठी हजार रुपैया बराबरको सामग्री उक्त बिद्यालयलाई हस्तान्तरण गरिएको थियो। रिजन चियर पर्सन सुरेश चन्द्र आचार्य, एरिया को चिफ लायन कृष्णलाल श्रेष्ठ, बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रेमसिंह प्रजा, प्रधानाध्यापक जमुना कोइराला लगायतले कार्यक्रममा मन्तब्य राख्नु भएको थियो।

क्लवका सदस्यहरु लायन सुरेश जंग पाण्डे लायन सुरज राउत र लायन सरोज राउतले संयुक्त रुपमा उक्त कार्यक्रमको संयोजन गर्नु भएको थियो। कालीका नगरपालीका को सिद्धीबजार बाट  दुई घन्टा को पैदल दुरीमा रहेको उक्त बिद्यालयमा पढ्ने बिद्यार्थीहरुको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *