चितवन

चितवनमा डाँफे कन्सलटिङ एजुकेसन एण्ड माइग्रेशनको आयोजनामा एक दिने अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जानेहरुको लागि जान चाहाने विद्यार्थीहरुको चाहानलाई मध्यनजर गर्दै प्रत्यक्ष रुपमा कलेजकै प्रतिनिधिहरुको सहभागीमा अष्ट्रेलियन एजुकेशन सेमिनार भरतपुरको होटल अशोकामा हुन लागेको हो ।

अष्ट्रेलियाको दुई स्थानमा आफ्नै कार्यालय भएको डाँफेकोे सेमिनारमा अष्ट्रेलियन भिसा प्रोसेस, अध्ययनका विषयमा के कसरी जान सकिन्छ भन्ने लगायतका विषयहरुमा विद्यार्थी र अभिभावकहरुले प्रत्यक्ष रुपमा बुझन सक्ने डाँफेका मेलवन निर्देशक सन्तोष कर्णले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सेमिनारमा अजफर्ड कलेज, कुईनस्फर्ड कलेज, भाईप कलजे, ओसिनिया कलेज, किङ्गस्फर्ड कलेज, ओष्टन सिनियर सेकेण्डरी कलेज गरि ६ वटा कलेजका प्रतिनिधिहरुको सहभागीता हुनेछ । सेमिनार सोमबार विहान १२ बजेदेखि ४ सम्म सञ्चालन हुने चितवन शाखाका प्रमुख कृष्णकुमार शर्माले जानकारी दिए ।

डाफेँको अष्ट्रेलियाको मेलवन, सिड्नीसगैँ नेपालको काठमाडौँ र चितवनका शाखा कार्यालय रहेको छ । हालसम्म २ सय ५० जना भन्दा बढी विद्यार्थीहरु उच्च शिक्षाका पठाउन सफल भएको छ । कार्यक्रममा सिड्नी निर्देशक विकास कडेँल, प्रकाशराज अधिकारी, प्रज्वल कर्ण लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया