काठमाडौँ,३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाईएको छ । राजधानीको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा बिहिबार सुख्खा बन्दरगाह शिलान्यास गर्न जान लागेका प्रधानमन्त्री लाई स्थानियले कालो झण्डा देखाएका हुन् । चोभार संरक्षण समितिको अगुवाइमा बिरोध कार्यक्रम आयोजना भएको हो। समितिले हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ।

यता सम्झौता बिपरित प्रधानमन्त्री शिलान्यस गर्न आएको भन्दै बिरोधमा उनीहरुले कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउँनेहरुमध्ये २३ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । स्मरण रहोस चोभारमा सुख्खा बन्दरगाह निर्माणका लागि विश्व बैंकले आर्थिक सहयोग गर्ने भएको थियो तर स्थानियले विभिन्न माग राख्दै अवरोध गरेपछि यसले यस आयोजनाबाट हात झिक्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया