सल्यान कपुरकोटका एक व्यक्ति पर्वतमा मृत फेला

सल्यान, ३ माघ ।

सल्यान कपुरकोटका एक व्यक्ती पर्वतमा मृत फेला परेका छन् । सडक निर्माणको काममा पर्वतको कुश्मा गएका कपुरकोट ४ धनवाङका ४२ वर्षिय पदम बहादुर घर्ती मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतले जानकारि दिएको छ । कुश्मा नगरपालिका १३ खौला भन्ने स्थानमा नुहाउन भन्दै मंगलबार निक्लीएका उनी बुधबार मृत फेला परेको कपुरकोट ४ का वडा सदस्य चित्र बहादुर थापाले जनाएका छन् । उनको मृत्युको बारेमा प्रहरीले अनुसन्धान जारि राखेको जनाइएको छ । पदम मंशिर २९ गते काम गर्न पर्वत गएका थिए । मृत शवको पर्वतमै पोष्टमार्टम पछि त्यहिँ अन्त्यष्टी गरिने परिवारले जानकारि दिएको छ । मृतक पदमका आमा, श्रीमती र ४ छोरीहरु छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *