नारायणी लिफ्ट सिँचाइ मासिदै

चितवन, ५ फागुन । पश्चिम चितवनका किसानहरुलाई सिचाई सुविधाका लागि नारायणी लिफ्ट सिँचाइ मासिदै गएको छ । लिफ्ट सिँचाइ आयोजना अन्तर्गत भरतपुरको आवास क्षेत्र हुँदै जाने नहरहरू पुरेर बाटोलगायत संरचना बनाउने क्रम बढेकाकारण मासिदै गएको हो ।
यतिवेला झन्डै १० किमि नहर पुरेर कालोपत्रे सडक, पुल र टहरा बनेको आयोजनाले जनाएको छ । नहर पुरिने क्रम रोक्न सकिएको छैन । सिँचाइ कार्यालय आडैको नहर पुरिँदासमेत कसैले चासो देखाउन सकेको छैन् ।
नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालय र दूरसञ्चार कार्यालय बीचबाट एउटा उपशाखा नहर जाने गथ्र्यो । अघिल्लो वर्ष त्यो पनि पुरेर सकियो । नहर पुर्ने विषयमा आफुहरुको सहमति नरहेको भन्दै आयोजना कार्यालय प्रमुख खेमबहादुर पाठकले यो आयोजना २०३५ मा बन्न सुरु भएर ५ वर्षमा पूरा भएको बताए ।
नारायणीको पानी बिजुलीबाट चल्ने ठूला पम्पले तानेर सिँचाइ गर्न नहरबाट खेत खेतसम्म र्पुयाइएको छ । नहरको ‘बी’ र ‘सी’ शाखा छन् । ‘सी’ शाखाको मुख्य नहरबाहेक ७ अन्य प्रशाखा रहेको पाठकले जनाए । ‘बी’ नहरबाट २४ सय हेक्टर र ‘सी’ नहरबाट २३ सय हेक्टर जमिनमा सिँचाइ हुन्छ ।
‘सी’ नहरको ७ मध्ये ६ प्रशाखा पूरै पुरेर बाटोलगायत संरचना बनेका उनले बताए ।
साथै १० देखि १५ किमि नहर पुरिएको उनले जनाए । नहर पुरिँदा सिँचाइ हुने कुल जमिनमध्ये हजार हेक्टर घटेको उनले बताए ।
धान हुने खेतलाई घडेरी बनाएर बेच्ने प्रवृत्ति बढेसँगै नहर पनि पुर्ने र मिच्ने क्रम बढेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published.