अब के हुन्छ अष्ट्रेलीयामा ठगीएका विद्यार्थीको भविष्य ? नाम चलेकै कन्सलटेन्सिबाटै ठगिएको खुलासा ।

८ फाल्गुण,

नेपालीको आवाज अनलाईन न्युज डेस्क

नेपालबाट अष्ट्रेलीयामा रहेको बिना दर्ता सञ्चालीत एआइबिटी कलेजमा बिद्यार्थी पठाई आफ्नो भविष्य बर्बाद पारेको भन्दै न्युज २४ टेलिभिजनबाट प्रशारीत कार्यक्रम सिधाकुरा जनातासंगमा प्रत्यक्षरुपमा भिडीयो कल मार्फत बिद्यार्थीहरुले जानकारी गराएपछि शैक्षिक परापर्शको क्षेत्रमा तरङ्ग पैदा भएको छ । अझ त्यसमा पनि नेपालमानै नाम चलेका कन्सलटेन्सिलेनै बिद्यार्थीहरुलाई बिनाजानकारी दर्ता बिनानै सञ्चालीत कलेजमा मात्र कमिसनको खेलमा आफुहरुलाई त्यसरी पठाएको भन्दै बिद्यार्थीहरुमा रुवाबासीनै चलेको छ । अष्ट्रेलियामा रहेका करिव १ हजार नेपाली विद्यार्थीहरुले आफूहरुलाई कन्सल्टेन्सीले ठगेको तथा आफूहरुको रकम सबै डुबेको बताएका छन् ।
उनीहरुले दिएको जानकारी अनुशार नेपालमा नाम चलेका कन्सल्टेन्सीहरु एक्सपर्ट, अल्फा विटा, कंगारु एजुकेशन एण्ड फाउण्डेशन, वेभ प्रमिश सर्भिस, एडमार्क एजुकेशन पोखरा, सनराइज, काठमाडौं इन्फोसिस, डल्फिन, एबीसी माइग्रेसन एण्ड एजुकेशन, मर्सी एजुकेशन लगायतका कन्सल्टेन्सीहरुलेनै नेपाली विद्यार्थीहरुलाई गलत सूचना दिएर त्यहा पठाएका हुन । त्यसमा पनि एक्सपर्ट र मर्सीले सबैभन्दा बढि बिद्यार्थी त्यसरी पठाएको पाईएको छ । अष्ट्रेलियामा नर्सिङ पढाउने कलेजहरुले अष्ट्रेलियन नर्सिङ एण्ड मिड वाइफरी एक्रिटिडेसन काउन्सिल एनम्याकबाट सम्बन्धन लिनुपर्छ । सम्बन्धन नलिएका कलेजहरुले पढाएको नर्सिङ विषयको कुनै मान्यता हुदैन ।

सिधा कुरा जनतासंगको लाइभमा आएर उनीहरुले केहि नेपाली कन्सल्टेन्सीहरुले आफ्नो भबिष्य बर्बाद बनाएको बताए। रुँदै उनीहरुले आमा बुबाले दुख गरेर जोडेको सम्पति पनि डुबेको र आफूहरुको समयको पनि वर्वाद भएको बताएका थिए । एआइबिटी कलेजमा अध्यनरत सयौ नेपाली विद्यार्थीको गुनासो सार्वजनिक भएपछि अष्ट्रेलियास्थित नेपाली दुतावास पनि गम्भिर बनेको छ । दुतावासले शुक्रबार अष्ट्रेलियाको शिक्षा विभागमा पत्र पढाइ एआइबिटी बारे छानविन गर्न माग गरेको छ ।‘हामीले एआइबिटी बारे छानविन गर्न शिक्षा विभागलाई पत्र लेखेका छौ – कार्यवहाक राजदूत दुरपदा सापकोटाले भनिन् – ‘यस बारे छिटै टुंगो लाग्नेछ’ । शिक्षा विभागले अन्य निकायसंग छलफल गरि कारवाही अगाडी बढाउने जवाफ पठाएको कार्यवाहक राजदुत सापकोटाले जानकारी दिए । विद्यार्थीहरुलाई नआत्तिन पनि दुतावासले अनुरोध गरेको छ । आफ्ना विद्यार्थीले सामाजिक संजालदेखि विद्यार्थी काउन्सिलसम्म उजुरी र गुनासा गर्न थालेपनि अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी एआइबिटीले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

नर्सिङको सम्बन्धन लिने परीक्षणकै क्रममा धमाधम विद्यार्थी भर्ना लिएको सो कलेको बारेमा यथेष्ट जानकारी नदिएपछि नेपाली विद्यार्थीहरु धोकामा परेका हुन्। नेपाली विद्यार्थीबाटै लुटको शैलीमा पैसा असुल्ने नियतका कन्सल्टेन्सीहरुलाई कारवाही गर्नुपर्ने माग बढेको छ। नेपालको शिक्षा मन्त्रालयले यस बारेमा अहिलेसम्म कुनै कार्वाही अघी बढाएको छैन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *