कुखुरामा लाग्ने मौसमी रोग, रोकथाम र जैबिक सुरक्षा सम्बन्धि किसान भेला सम्पन्न ।

महेश पाण्डे
११ फाल्गुण, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

दाउन्ने ट्रेडर्स, किसान दाना उद्योग, तथा दाउन्ने भेट फर्मा प्रा.ली.को सयुक्त आयोजनामा शनिवार रत्ननगरमा लेयर्स कुखुरामा लाग्ने मौसमि रोग, रोकथाम र जैबिक सुरक्षा सम्बन्धि किसान भेला सम्पन्न भएको छ । खासगरि गर्मी मौसम सुरु भएसंगै देखिने बिभिन्न मौसमी रोगको पहिचान र यसको रोकथाम साथै कुखुरापालक किसानले सदैव ध्यान दिनुपर्ने जैबिक सुरक्षाका बारेमा डा. योगेन्द्र राज पन्त, डा. शरण कुमार पाण्डे र डा. शसि प्रकास तिवारीले संयुक्त रुपमा जानकारी दिएका थिए । खासगरि कुखुरामा देखिने भाईरलको समस्या, दाना तथा पानीको ब्यवस्थापन, लाईट ब्यवस्थापन, भ्याक्सीनको ब्यवस्थापन र रोग लाग्न दिनु भन्दा अगाडि र रोग लागे पछि किसानले गर्नुपर्ने कामको बारेमा कार्यक्रममा जानकारी दिनुका साथै किसानले राखेका कुखुरामा देखिएका समस्या र जिज्ञासालाई पनि त्रय डाक्टरले सहजिकरण गरेका थिए ।

दान्ने ट्रेडर्स, किसान दाना उद्योग तथा दाउन्ने भेट फर्मा प्रा.ली.का कार्यकारी निर्देशक बिनोद पोख्रेलले किसानहरुले ठुलो दु्ःख गरेर हुर्काएको कुखुरामा मौसम परिवर्तनसंगै साबधानी नअपनाउदा रोगका कारण धेरै समस्या भएको र यसबाट बच्न किसानलाई पहिलै सजग गराउनु आफ्नो संस्थाको कर्तब्य भएका कारण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । साथै उनले तिनैजना डां दाउन्ने ट्रेडर्स, किसान दाना उद्योग तथा दाउन्ने भेट प्रा.लीमा आवद्ध भएको कारणले किसानलाई समस्या पर्दा २४ घण्टा निर्धक्क भई फोन सम्पर्क गरि निसुल्क सेवा लिन पनि अनुरोध गरे ।
कार्यक्रममा ८० भन्दा बढि किसानको उपस्थिती रहेको थियो भने कार्यक्रम ‘संस्थाका अध्यक्ष रघुनाथ भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।



Facebook Comments

Leave a Reply

Your email address will not be published.