रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रोटरी क्लब अफ रत्ननगरले आफ्नो वार्षीक कार्यक्रम अन्र्तगत यही चैत्र २३ गते शनिवार होटल स्टार बेनक्युटमा बृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । अघिल्लो वर्ष असोज ३ गते गरिएको रक्तदान कार्यक्रममा २३० जनाले रक्तदान गरेर उक्त वर्षको नेपालमानै सबैभन्दा धेरै रक्तदान गर्ने संस्था मध्यको एक बनेपछि यस वर्ष पनि लागिएको रक्तदान कार्यक्रमलाई ब्लड बैंकले राष्ट्रिय स्तरको कार्यक्रमको रुपमानै लिएको कार्यक्रमका संयोजक तथा रोटरी क्लब अफ रत्ननगरका वर्ष २०१९–२० का अध्यक्ष बिपिन पोख्रेलले जानकारी दिए । संयोजक पोख्रेलले कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न र अघिल्लो वर्ष जस्तै एतिहासीक बनाउन र यो महान कार्यमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।
त्यस्तै रक्तदान संगै संस्थाले यहि चैत्र २४ गतेै टिकौलिमा निर्माण सम्पन्न भएको सार्वजनिक सौचालयपनि जैबिक विविधता केन्द्र केन्द्र टिकौलिलाई हस्तान्तरण गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया